काष्ठकलामा लालप्रसादले पाए राष्ट्रिय पुरस्कार

lal prasad chaudharyसन्तोष दहित, दाङ- घोराही नगरपालिका १ झंगवाका लालप्रसाद चौधरी काष्ठकलामा उत्कृष्ट भएका छन्। करिब एक दशकदेखि काठका विभिन्न मुर्तिहरु बनाउँदै आएका उनी काष्ठकलामा राष्ट्रिय पुरस्कार पाउन सफल भएका हुन्। वैशाख २ गते उनले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबाट नगद २० हजारसहित ताम्रपत्रको राष्ट्रिय पुरस्कार पाएका हुन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको लोककला प्रतियोगितामा उनी प्रथम भएका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार चौधरीले तीन सय जनाभन्दा बढी प्रतियोगीलाई उछिन्दै राष्ट्रिय पुरस्कार हात पार्न सफल भएका हुन्। उनले विभिन्न काठका मुर्तिदेखि लिएर थारु समुदायको ऐतिहासिक संस्कारसँग जोडिएका देबी देवताका मुर्ति तथा चित्र बनाउँदै आएका छन्।
चौधरीले आफुले बनाएको विभिन्न मुर्तिहरु पर्दशनीका लागि विभिनन कार्यक्रम तथा महोत्सवमा पनि लाने गरेका छन्। निकै मेहनती र परिश्रमी उनी भन्छन्, ‘मैले बनाएको चित्र महोत्वसवमा प्रदर्शनी गर्न पाउँदा पनि निकै खुसी हुन्छ। त्यो बिक्री हुने नहुनेसँग मालई मतलब हुँदैन। मेरो कला अरुलाई देखाउन पाउँदा गर्व लाग्छ।’ उनले एउटा चित्रको एक हजार २ देखि ६ हजारसम्म लिने गरेको छ।
उनका अनुसार त्यस्ता मुर्तिहरु ब्याक्तिगतभन्दा पनि संस्थागत किन्नेहरु धेरै छन्। विभिन्न संघसस्था उनको निवासमै पुगेर काठको मुर्ति, मन्दिर परम्परागत थारु देविदेवता बनाउने अर्डर गर्ने गरेको चौधरीले बताए। थारु समुदायको परम्परागत देविदेवता लोप हुने अवस्था भइरहेका बेला थारु समुदायको चित्रहरु बढी मात्रामा बनाउने गरेको उनले बताए। अन्य समुदायले पनि थारु समुदायको देविदेवता आफ्नो बैठक कोठामा राख्‍न लाने गरेको उनले बताए।
काठकै गोरु, काठकै मान्छे बनाउने वेला धेरै समय लाग्ने भए पनि मुख्य कुरा आफ्नो सिपलाई व्यवाहरमा लागू गर्न सक्दा खुसी लागेको उनले बताए। मानिसले पैसाका लागि विदेश जान्छन्। तर सीप भएपछि आफ्नै स्वदेशमा प्रशस्त आम्दानी रहेको उनले बताए। आफूले यही काठका मन्दिर, देवीदेवता बनाएर आफ्नो परिवार पाल्दै आएको चौधरीले बताए। चौधरी भन्छन्- आफूसँग सीप भएपछि जहाँ गएर पनि काम गर्न सकिन्छ उनले बताए।
यही सीपका कारण राष्ट्रिय पुरस्कार पाउँदा उनी गर्न गर्छन्। उनी भन्छन्- मसँग यो सीप नभए सायद मैले यो पुरस्कार पाउने थिएन। ‘जे गरे ठीकै गरेको जस्तो लाग्छ,’ उनी थप्छन्। आफूले बनाएको काठको मुर्ति नेपालको तीन सय जना व्यक्तिलाई उछिन्दै प्रथम भएको खबर पाएपछि उनी दंग परेको बताए। lal prasad chaudhary 2

कसैले आफूसँग त्यस्तो सीप सिक्न चाहे निशुल्क प्रशिक्षण दिने उनले बताए। विभिन्न संघसस्थाले पनि पशिक्षणका लागि बोलाउने गरेको चौधरीले बताए। सीप भए स्वदेमा पनि प्रसस्त आम्दानी रहेको बताउँदै अखिर विदेश गए पनि सीप बिना काम मिल्दैन उनले भने।
घर बनाउने मिस्त्रीदेखि लिएर फर्निचरसाम्बन्धी सबै काम गर्दै आएको चौधरीले बताए। बहुसीप भएका चौधरी ढिला भए पनि आफूले गर्दै आएको कामको उच्च मूल्यांकन गर्दै राष्ट्रिय पुरस्कार पाउँदा झन् यो काम गर्न थप हौसला बढेको उनले बताए। चौधरीले बनाएको काठको मुर्ति देश तथा विदेशसम्म पुगिसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published.