ह्याप्पी शिरुवा

तस्बिर : इकान्तिपुर
तस्बिर : इकान्तिपुर

बुद्धसेन चौधरी- शिरुवा पर्व थारुहरुको लागी महान चॉड हो । यो पर्व थारु समुदायमा अति प्राचिन काल देखी चलिआएको विश्वास गरिन्छ । यस पर्वलाई मौसम परिवर्तन अर्थात गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ । गर्मीबाट बच्नको लागी पानी को बढी भन्दा बढी प्रयोग हुने भएकोले र पानी ले सितलता प्रदान गर्ने हुनाले यसलाई जुरसितल पनि भनिन्छ । बर्मा र थाइल्यान्ड मा पनि यो पर्व यसै समयमा मौसम परिवर्तनको संकेतकोरुपमा लिइ गर्मीबाट बच्नको लगी एक अर्का लाई पानी छ्यापेर रमाइलो गरी मनाउने चलन छ । यो पर्व थारुहरुको लागि वर्षको पहिलो चॉड भएकोले यसले थारु समुदायमा बिषेश महत्व राख्दछ । थारुहरुमा एउटा भनाई नै छ कि “शिरुवा पसारे फगुवा उसारे”अर्थात शिरुवाबाट थारुहरुको चॉड पर्वको थालनी हुन्छ भने फगुवा (होली)ले सम्पुर्ण चॉडबॉडहरुको समाप्ती गर्छ । त्यस उसले यस पर्वलाई सुरुको पर्व अर्थात सिरुवा पर्व भनिन्छ । पूर्वमहान्यायधिवक्ता स्व. श्री रामानन्द प्रसाद सिंह ज्यूको अनुसार शिरुवा थारुहरुको शिर्षस्थ पर्व हो । बैशाख महिनामा मनाउने भएकोले यसलाई यदाकदा बैशाखी पनि भनिन्छ । यस पर्वलाई थारुहरुले नयॉ सालको प्रथम दिन मानेर नयॉ बर्षको रुपमा पनि धुमधाम स‘ग मनाउंछन् । हाल भारतमा रहेको मलावीको तात्कालिन राजा बिक्रमादित्यले बिक्रम सम्बत्को शुरुवात गरे जससलाई राजा त्रिभुवनको पालामा चन्द्रशमशेरको चाहना अनुसार यसले राजकिय स्थान पायो । बिक्रम सम्वतको पहिलो महिनाको पहिलो दिन अर्थात नयॉ बर्ष पनि त्यसै दिन परेकोले र यसलाई नेपाल सरकारले अघिकारिक बर्ष पनि मानेकोले यो पर्व थारुहरु बाहेक अन्य समुदाय लगायत सबैले नव बर्षको रुपमा धुमधामस‘ग मनाउ‘छन् । यो थारुहरुको महान चॉड भएकोले नेपाल सरकारले शिरुवा पर्वको दिन सार्वजनिक विदा दिने गरेको छ ।

यो पर्व मनाउनको लागि थारुहरु आ–आफ्नो क्षमता अनुसार केही दिन अगाडी देखी नै तयारीमा जुटेको हुन्छन् । जसअनुसार आ–आफ्नो घरको मरमत सम्भार गर्नुको साथै घर कम्पाउन्डको बिशेष सरसफाईमा (अघि पछिको भन्दा अलग किसीमको) ब्यस्त रहन्छ । थारु आईमाइहरु पनि आ–आफ्नो घर, ऑगन, दरबजा लगायत गाई गोठको साथै परेवा घरको मरमत् सम्भार एवं लिपपोत गर्नमा नै ब्यस्त रहन्छ । उनीहरु रातो तथा निलो रङको माटो ल्याएर आफ्नो घरलाई सुहाउदों किसिमको रङले लिपपोत गर्दछन् भने पुरुषहरु घर वरिपरीको सरसफाई गरी काम नलाग्ने चिजबिजहरुलाई जलाएर नष्ट गर्ने गर्दछन् । यस पर्वको मौका पारी थारुहरु घर ऑगनलाई बिभिन्न किसीमको कोहबरहरु घरको भित्तामा कोर्छन्, जसमा अशोक चक्र र बिभिन्न किसीमको चरा चुरुङगीको तथा जनावरहरुको आकृति पनि हुन्छन् । यसरी गॉउ सजिसजावटले स्पष्ट हुन्छ कि यसले नव बर्षलाई स्वागत गर्नको लागी पर्खी रहेको छ ।
चैत्रको अन्तिम दिन सरसफाई सकिए पछि थारु महिलाहरु साँझ पख पुरानो वर्षको विदाइ एवं नयॉ बर्षको स्वागतको लागी बिभिन्न किसिमको खानपिनका परिकारहरु बनाउन थाल्छन् । विभिन्न किसिमको तरुवा, भुजूवा, पकौरी, कचरी, तेलपौर रोटी, खबौनी रोटी (जसमा बिभिन्न किसिमको आकृतिहरु कोरिएको हुन्छ),हौंसली वला रोटी बनाई रहेको हुन्छ, जसले गर्दा त्यस दिन गॉउ सुगन्घमय वाताबरणमा पुरानो बर्षलाई विदाई गर्दै नया बर्षको प्रतिक्षामा बित्छ । भोली पल्ट बिहान नयॉ सालको नयॉ जोस उमंग सहित जुर सितलको प्रारम्भ हुन्छ । सुर्य उदाउनु भन्दा अगाडी नै घरको मुलीले आफ्नो घरको कुल देवी देवता, घर दलान, गाई गोठ, बारी फुलबारी, रुख बिरुवा इत्यादिमा पानि हालेर (पानी छर्केर) शिरुवा पर्वको प्रारम्भ गर्दछ । त्यस पछि घरमा आफु भन्दा कम उमेरकालाई टाउकोमा पानी हालेर शुभ आशिष् दिन्छन् भने् सानाले ठुलालाई खुट्टामा पानी हालेर शुभकामना ब्यक्त गरी आशिर्वाद थाप्ने काम गर्दछन् । आ–आफ्नो उमेरकाहरुले एक आपसमा जिउमा पनि पानी हालेर रमाइलो गर्दछन् । यो क्रम दिनभरी चली रहन्छ । गर्भवत्ती महिला तथा बृद्ध बृद्धालाई जथाभावी पानि हाल्ने चलन चॉही छैन् । वैशाख महिनामा एकदम गर्मीको समय भएकोले उक्त गर्मीबाट सितलता प्राप्त गर्नुको साथै पुरानो बर्षको खराब चिजबिज तथा बानी ब्यहोरालाई पखाली नयाँ काम र बानीको शुरुवात गर्ने भएकोले पनि यस पर्वमा पानीको बिशेष महत्व रहन्छ । थारुहरु प्रकृति प्रेमी भएकोले र यसमा प्रकृतीले प्रदान गरेको अमुल्य सम्पति पानीको माध्यमले शुभकामना आदान प्रदान गर्नूको साथै सम्बन्धित रुख बिरुवा एबं पशु पंक्षी लगायत जिव जन्तुहरु स‘ग पानी हालेर एक अर्का प्रती आत्मियता दर्शाउने भएको यसलाई जुर सितलको रुपमा लिइन्छ । थारुहरुको मुख्य पेषा कृषी भएकाले नयॉ वर्षमा पानीको कमी नहोस त्यसको शुभ संकेतको रुपमा पनि यस पर्वलाई लिईन्छ ।
यस प्रकार बिहान पानीको माध्यमले एक अर्कालाई शुभकामना आदान प्रदान गरी सके पछी एक बर्ष अगाडी अर्थात चैत्र महिनाको अन्तिम दिन पकाएको खानेकुरा खाई नजिकको खोला, तलाउ र नदिमा सामुहिक रुपमा माछा मार्न जान्छन् भने सामुहिक रुपमा शिकार खेल्न पनि चलन छ । तर आजकल पोखरी, तलाउहरु व्यावसायीक दृष्टिले ठेक्का पट्टा लगाउने भएकोले यसमा केही कमी आएको पाइन्छ तर पोखरीवालाहरु त्यस दिन माछा मारेर बेच्ने गर्दछन् र नहुनेहरु किनेर पनि खाने गर्दछन् ।
यस पर्वको अवसरमा थारुहरुको बसोवास भएको स्थान नजिकको घार्मिक स्थलमा मेला लाग्ने गर्दछन् । कुनै ठाउ‘मा यो मेला एक दिनमै सकिन्छ भने कतै कतै महिनौ दिन सम्म पनि लाग्ने गर्दछ । यस उपलक्ष्यमा थारुहरुले आफु तथा घरको अन्य सदस्यहरुको लागी नयॉ नयॉ लुगा खरिद गर्दछन् । थारुहरु दशैंमा भन्दा शिरुवा राम्रो लाउने तथा राम्रो खाने गर्दछन् ।
यो पर्व थारुहरुको महान चाँड भए पनि यसलाई थारु समुदायमा बस्ने अन्य जातजातिहरुले पनि धुमधामको साथ मनाउने गर्दछन् । यस प्रकार यो महान् चॉड एक अर्कालाई शुभकामना साटासाट गर्दै पुरानो बर्षलाई बिदाइ साथ सम्झिदै नयॉ बर्षलाई बिभिन्न कार्यक्रमबाट स्वागत गर्दै अगामी बर्ष सम्मको लागी समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published.