वैशाखमा आदिवासी फिल्म महोत्सव

film mahotsawकाठमाडौं- नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)को सातौं संस्करण आउँदो वैशाख १२ देखि १५ सम्म काठमाडौंका राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने भएको छ। इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ रहेको छ। सातौं निफमा सहभागी हुनलाई नेपाल सहित २१ देशका छोटा/लामा फिल्म, डकुमेन्ट्री, एनिमेसन र म्युजिक भिडियो प्राप्त भएको छ। नेपालबाट २५ र विदेशबाट ६८ गरी ९३ वटा फिल्म छनोट चरणमा आइपुगेको छ। यी फिल्मबाट छानिएकाहरु महोत्सवमा प्रदर्शन गरिनेछ।
नेपालबाट मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बु, कुलुङ जस्ता समुदायका फिल्मको आवेदन परेको महोत्सव निर्देशक राम मादेनले बताए। आदिवासी फिल्मकर्मीले निर्माण गरेका गैरआदिवासी विषयका फिल्मलाई पनि महोत्सवमा सहभागी गराइएको छ। महोत्सवको दौरान हस्तकला, पुस्तक र खाना प्रदर्शनी गरिनुका साथै विभिन्न विषयमा स्वदेशी तथा विदेशी फिल्मकर्मीको सहभागितामा अन्तर्क्रिया पनि चलाइनेछ।

Leave a Reply

Your email address will not be published.