पारसको मद्दतले नेपाल १९ रनले विजयी

nepalvsmalकाठमाडौं- एसीसी ट्वान्टी-२० कपमा नेपालले मलेसियाविरुद्ध १९ रनले विजयी भएको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमात्र जोड्यो। यो जितसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालका लागि कप्तान पारस खड्काले ३ छक्का र ११ चौकासहित सर्वाधिक ८७ रन बनाए।
ओपनर ब्याट्समेन प्रदीप ऐरी शून्यमै आउट भए पनि सुवाष खकुरेल २५ रन बनाएर पेभेलिएन फर्किए। त्यस्तै विनोद भण्डारीले २० रन जोडे। राम्रो फिल्डिङ गरेको नेपालका लागि पृथु बास्कोटा र सञ्जम रेग्मीले दुई दुई विकेट लिए। नेपालले भोलि सिंगापुरसँग खेल्दैछ। नेपालकै समूहमा रहेको हङकङ यसअघि नै सेमिफाइनल पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published.