ग्यालेक्सी एस ४ को धमाका

JK Shinसामसुङको नयाँ र्स्माटफोन ग्यालेक्सी एस ४ अहिले चर्चामा रहेको छ। गएको साता न्युयोर्कमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो मोबाइल बजारमा आइसकेको भने छैन। त्यसैले यसको मूल्य तोकिएको छैन। विश्वका एक सय ५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ। 
यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। साँच्चै, केही फरक छैन त? होइन, यसमा सुविधाहरू थपिएका छन् र आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ।
पाँच इञ्चको स्क्रिकन
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्त्रि्कन छ। सुपर अमोलेडलाई एप्पलको रेटिना डिस्प्लेसँग तुलना गरिएको छ। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ, जसलाई धेरैले रुचाएका छैनन्।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो र्स्माटफोनमा २ जीबीको र्‍याम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये छान्न पाइनेछ। साथमा ग्यालेक्सी एस सिरिजका मोबाइलमा यसअघि नभएको माइक्रो एसडी कार्ड स्लट पनि यसमा हुनेछ।
क्यामरामा नयाँ प्रयोग
र्स्माटफोनमा धेरै उपयोग हुने एउटा सुविधा क्यामरा हो। यसैलाई ध्यानमा राख्दै एस ४ ले फोटोमा नयाँ सुविधा दिएको छ। उदाहरणका लागि इरेजर मोडले धेरै वटा फोटो खिच्ने, त्यसपछि आफैँ ब्याकगराउन्ड मोसन बुझेर हटाइदिने काम गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामराले फोटो खिच्न सक्छ। ड्रामासटले फोटोको शृंखला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ। उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो हुनेछ। यसमा शृं्खलाबद्ध फोटो खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन मिल्छ।

ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा अनुवाद सुविधा भने छैन। उदाहरणका लागि कसैले कोरियनमा पठाएको इमेल तपाईं अंग्रेजीमा अनुवाद गर्न सक्नुहुन्छ।
त्यसैगरी यसमा एयर जेर्स्चसको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोईकनै फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ, तपाईं मोबाइलमा कुनै पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोईकनै इशाराकै भरमा गर्न सक्नुहुन्छ। तर, यसलाई परीक्षणका रूपमा राखिएको हुनाले नछोईकनै चल्दा झन् कन्फ्युजन हुने र चलाउन नचाहँदा पनि चल्ने समस्या आएको पनि बताइएको छ। बजारमा ल्याउँदासम्म यसमा सुधार हुन सक्ने बताइएको छ।
त्यस्तै स्मार्ट पज र र्स्माट स्क्रोलको सुविधा यसमा राखिएको छ। मोबाइलमा कुनै भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईंको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर भयो भने तपाईंले अर्काेतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि सुचारु! अहिलेलाई यो सुविधा परीक्षणका रूपमा यसमा राखिएको छ।

तपाईंको स्वास्थ्य निगरानी
चौबिसै घण्टा तपाईंको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रूपमा समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महŒवाकांक्षी सुविधा थपेको छ। एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसहितको सहयोगमा तपाईंवरपरको वातावरण, तपाईंको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।

रिमोटका रूपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईं रिमोटका रूपमा समेत प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रूपमा एउटा अर्काे सुविधा पनि रमाइलो छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टविना नै नियर फिल्ड कम्युनिकेसन प्रविधिमार्फत एस ४ मोबाइलमा एउटै गीत सुन्न सकिन्छ। त्यसैगरी समूहमा गेम पनि खेल्न सकिन्छ।
गाडी चलाउँदा पनि
गाडी चलाउँदा मोबाइल चलाउन पाइँदैन। तर, यो स्मार्टफोनले भने गाडी चलाउँदा पनि तपाईंको दुवै हात स्टेरिङमा हुँदाहुँदै चलाउने सुविधा दिएको छ। एस भ्वाइस ड्राइभअन्तर्गत यो मोड अन गर्दा मोबाइलमा ठूलो अक्षर देखिनेछ भने टेक्स्ट टू स्पिच अन्तर्गत तपाईं फोन गर्न, फोनको जवाफ दिन समेत सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published.