एन्जेला मोडलिङमै खुसी

angelenaभारतीय मोडल एन्जेला जोनसनले आफूले अझै मोडलिङमै रमाउन चाहेको बताएकी छिन्। जोनसनले सलमान खानको जोडीका रूपमा नयाँ फिल्म ‘शेर खान’बाट बलिउडमा पदार्पण गर्न लागेको चर्चा चलिरहेको बेला उनले आफू मोडलिङमै खुसी रहेको प्रतिक्रिया दिएकी हुन्। ‘अहिले म मोडलिङमै व्यस्त छु। फिल्म ‘शेर खान’बारे केही भन्न सक्दिनँ,’ उनले भनिन्, ‘अहिले त त्यो फिल्ममा काम गर्नेबारे कुराकानीमात्र सुरु भएको छ।’ कुरा मिल्यो भने ‘शेर खान’मा आफूले अभिनय गर्ने संकेत उनले गरिन्। फिल्ममा आफूले काम गर्ने पक्का भएको दिन आफैँले मिडियालाई जानकारी गराउने पनि उनले बताइन्।

Leave a Reply

Your email address will not be published.