बाणगंगा नगरपालिकाका जनप्रतिनिधिलाई थारु पत्रकारको सम्मान [फोटो फिचर]

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। नगरप्रमुख मंगलप्रसाद चौधरीसहित उपाध्यक्ष र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष मदन चौधरीले जनप्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

कार्यक्रममा थारु समुदायको विकासका लागि स्थानीय तहको भूमिका विषयक् अन्तरक्रियासमेत भएको थियो। सहभागी थारु अगुवाहरुले थारुको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहहरुले प्रमुख भूमिका खेल्नुपर्ने बताए। उनीहरुले सबै स्रोत साधन नै स्थानीय तहमा भएको हुँदा सो क्षेत्रमा बसोबास गर्ने थारुहरुको विकासका लागि स्थानीय तहहरु पछि पर्न हुने बताए। सहभागीहरुले थारुहरुलाई सदियौंदेखि पछाडि पार्दै आएको भन्दै अब कुनै किसिमको विभेद गर्न नहुने तर्क राखेका थिए।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष मदन चौधरीले थारु पत्रकारहरुको उत्पादन र क्षमता अभिवृद्धिका लागि स्थानीय तहहरुले सहकार्य गर्नुपर्ने बताएका थिए। उनले जिल्लामा भएका थारु सञ्चारगृह र था पत्रकारहरुको अवस्था निकै दयनीय रहेको हुँदा उनीहरुको सम्वर्द्धनमा स्थानीय निकाय चुक्न नहुने बताए।

कार्यक्रममा वाणगंगाका प्रमुख मंगलप्रसाद चौधरीले थारु सञ्चारगृह र थारु पत्रकारहरुका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए। उनले वाणगंगा नगरपालिकाका थारु समुदायका लागि विभिन्न किसिमका योजनाहरु ल्याउन लागेको बताए। उनले थारु समुदायमा फुटले जरा गाडेका कारण पनि गर्न खोजेका कामहरु पनि गर्न नसकेको बताए। त्यस्ता समस्याहरु हामी समाधान गरेर समग्र थारु समुदायको विकास लागि अग्रसर हुनुपर्ने बताए।

कार्यक्रममा पूर्वसांसद विश्राम प्रसाद चौधरी थारुहरु हरेक किसिमले पछाडि पर्दै आएकाले उनीहरुको विकासका लागि स्थानीय तहहरुले नयाँ नीति अवलम्बन गर्नुपर्ने बताए। कार्यक्रम कपिलवस्तु शाखाका अध्यक्ष श्यामबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.