बन्दको अवज्ञा गर्ने विद्यालयमा तोडफोड

विराटनगर- विद्यालय बन्दको अवज्ञा गरेको भन्दै विराटनगर–१९ रानीस्थित गौतमबुद्ध मेमोरियल उच्च माविमा आज तोडफोड गरिएको छ। विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै बन्द आह्वानकर्ता अनेरास्ववियु (क्रान्तिकारी) आबद्ध एक समूहले विद्यालय तोडफोड गर्नाका साथै विद्यालयको सुरक्षा गार्ड दीपक भट्टराईलाई पनि हातपात गरेका छन्।
पन्ध्रजनाको सङ्ख्यामा रहेको सो समूहले विद्यालयमा रहेका कम्प्युटर, दराज, फोटोकपी मेसिन र टेलिफोन तोडफोड गरेका छन्। घटनास्थलमा प्रहरी पुगेपछि उनीहरु भागेका थिए। रासस

Leave a Reply

Your email address will not be published.