तपाईंको घरमा साना बालबालिकाले फेसबुक चलाइरहेका त छैनन्? छन् भने उनीहरूमा त्यसको कस्तो असर परिरहेको छ, विचार गर्नुहोला। कम उमेरमा सामाजिक सञ्जालमा अलमलिने बानी पर्यो भने उनीहरूमा धेरैखाले समस्या देखिन सक्छन्। फेसबुक चलाउने स्कुले बालबालिकाले सामाजिक सञ्जालमा धेरैजसो अश्लील म्यासेज पाउने गर्छन्। भारतमा गरिएको एक अध्ययनअनुसार त्यहाँ १० वर्षभन्दा कम उमेरदेखि नै बालबालिका फेसबुक चलाउन थाल्छन् र उनीहरूले यस्ता म्यासेज पाउने गर्छन्। तेह्र हजार ५० जना स्कुले बालबालिकामा गरिएको सर्वेक्षणले यस्तो परिणाम देखाएको हो। ‘उनीहरूले आफ्नो उमेरले थेग्ने म्यासेजमात्र फेसबुकबाट पाइरहेका हुँदैनन्,’ एसिएन स्कुल अफ साइवर लका निर्देशक देवासिस नायकले भने, ‘सबैभन्दा डरलाग्दो तथ्य के हो भने बालबालिकाले आफूले नचिनेका मानिसहरूको फ्रेन्डसिप रिक्वेस्ट स्विकारिरहेका हुन्छन्। विशेषतः टिनएजमा प्रवेश गर्न लागेका बालबालिकाका लागि यो एकदमै खराब हुनसक्छ। यसबाट उनीहरू यौन हिंसातिर तानिनसक्छन्।’
कक्षा ७ देखि १० सम्म अध्ययनरत बालबालिकाबीच गरिएको सर्वेक्षणमा ३६ प्रतिशतले फेसबुकमा साथी भएकालाई व्यक्तिगत जीवनमा कहिल्यै नभेटेको वा नचिनेको स्वीकार गरेका छन्। र, सहभागीमध्ये २६ प्रतिशतका फेसबुक साथीहरू पाँच सयभन्दा धेरै भेटियो।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर