फेसबुकका खतरा

Facebook-logoतपाईंको घरमा साना बालबालिकाले फेसबुक चलाइरहेका त छैनन्? छन् भने उनीहरूमा त्यसको कस्तो असर परिरहेको छ, विचार गर्नुहोला। कम उमेरमा सामाजिक सञ्जालमा अलमलिने बानी पर्‍यो भने उनीहरूमा धेरैखाले समस्या देखिन सक्छन्। फेसबुक चलाउने स्कुले बालबालिकाले सामाजिक सञ्जालमा धेरैजसो अश्लील म्यासेज पाउने गर्छन्। भारतमा गरिएको एक अध्ययनअनुसार त्यहाँ १० वर्षभन्दा कम उमेरदेखि नै बालबालिका फेसबुक चलाउन थाल्छन् र उनीहरूले यस्ता म्यासेज पाउने गर्छन्। तेह्र हजार ५० जना स्कुले बालबालिकामा गरिएको सर्वेक्षणले यस्तो परिणाम देखाएको हो। ‘उनीहरूले आफ्नो उमेरले थेग्ने म्यासेजमात्र फेसबुकबाट पाइरहेका हुँदैनन्,’ एसिएन स्कुल अफ साइवर लका निर्देशक देवासिस नायकले भने, ‘सबैभन्दा डरलाग्दो तथ्य के हो भने बालबालिकाले आफूले नचिनेका मानिसहरूको फ्रेन्डसिप रिक्वेस्ट स्विकारिरहेका हुन्छन्। विशेषतः टिनएजमा प्रवेश गर्न लागेका बालबालिकाका लागि यो एकदमै खराब हुनसक्छ। यसबाट उनीहरू यौन हिंसातिर तानिनसक्छन्।’
कक्षा ७ देखि १० सम्म अध्ययनरत बालबालिकाबीच गरिएको सर्वेक्षणमा ३६ प्रतिशतले फेसबुकमा साथी भएकालाई व्यक्तिगत जीवनमा कहिल्यै नभेटेको वा नचिनेको स्वीकार गरेका छन्। र, सहभागीमध्ये २६ प्रतिशतका फेसबुक साथीहरू पाँच सयभन्दा धेरै भेटियो।

Leave a Reply

Your email address will not be published.