‘भाइ आइप्याड’को लोकप्रियता

ipadट्याब्लेट बजारमा पछिल्लो खेलाडी बनेको आइप्याड मिनीमा कमजोर फिचर होला भन्ने धेरैको अनुमान थियो किनभने यसको मूल्य केही सस्तो थियो। तर, यो डिभाइस कमजोर रहेन। ग्याजेट्सका धेरै समीक्षकले यसलाई हरियो झन्डा देखाए। ७.९ इन्चको स्त्रि्कनमा समीक्षकको विचार आउनुअघि धेरैका औँला दगुरिसकेका थिए। लोकप्रियताको शिखर चढिछाड्यो मिनीले। यसबाट तस्बिर लिने , इन्टरनेट प्रयोग गर्ने, भिडियो हेर्ने, किताब पढ्ने र गीत सुन्नेहरू तारिफ नगरी बस्न सकेनन्। र, यसको साउन्डलाई तारिफ नगर्नेहरू कमै छन्।
सानो आकार र सस्तो भएपछि मानिसहरूले यसमा मजा नहुने सोचेका थिए। आइप्याड २ बजारमा आइसकेको थियो। समीक्षकहरूले दुवै चलाए। उनीहरूको निष्कर्ष भने एउटै रह्योः ठूलो दाजु र सानो भाइमा केही अन्तर छैन, स्पिड होस् या लुक। दुईमा भिन्नता बुझ्न उनीहरूले आइप्याड मिनीमा ‘एभेन्जर्स’ फिल्म लगाए। १.८ इन्च सानो आइप्याड र ठूलो आकारको आइप्याडमा कुनै अन्तर देखिएन। भिडियो हेर्दा हरेक कोणबाट अन्तर खोजे पनि समीक्षकहरू फरक पहिचान गर्न असफल रहे।
उनीहरूले न्युयोर्करको पछिल्लो इस्यु पनि आँैलाले पल्टाए। सानो स्त्रि्कनमा अक्षर पढ्न कठिनाइ अनुभव गरेनन्। दाजु आइप्याड र भाइ आइप्याड दुवैमा उनीहरूले वेबसाइटहरू लग इन गरे। अक्षर र रङमा अन्तर खोजे। त्यसमा पनि ताŒिवक फरक भेटेनन्।
समीक्षकहरूले मिनी र दाजु दुवैबाट एउटै दृष्यका तस्बिर कैद गरे। यिनमा पनि फरक फेला पारेनन्। किबोर्डमा आँैला दौडाए। समस्या भेटेनन्। फरक भेटे त आकार र तौलको मात्रै। आइप्याड मिनी हत्केलामा अटायो। तौल त मिनी आइप्याड ठूलोभन्दा आधा कम छ। आइप्याड मिनी तपाईंको कोटको खल्तीमा सजिलै अटाउँछ।
तर, यसको मतलब आइप्याड २ नराम्रो भन्ने होइन। आइप्याड २ आफँैमा उत्कृष्ट उत्पादन हो। कसैलाई ठूलो मन पर्ला, कसैलाई सानो। तपाईं पनि ट्याब्लेट किन्ने सुरमा हुनुहुन्छ भने यी दुईमा कुनै अन्तर छ भन्ने नसोच्नुस्। यी दुईमा भएको सबैभन्दा ठूलो अन्तर भनेको रकम नै हो। आइप्याड मिनीभन्दा आइप्याड २ धेरै महँगो छ।
मिनीले महँगोमा आइप्याड किन्न नसक्नेका लागि विकल्प तयारमात्र गरेको छैन, यसले गुगलको नेक्सस र किन्डल फायरलाई समेत संकटमा पार्ने देखिएको छ।
ट्याब्लेटको बजार दिनानुदिन बढ्दो छ। सन् २०११ को तुलनामा २०१२ मा ट्याब्लेटको बजार ८० प्रतिशतले बढ्यो। बजारमा ब्रान्ड स्थापित भएका ट्याब्लेटमात्र यसमा समावेश गरिएका हुन्। ट्याब्लेट बजारमा नामै नसुनिएका धेरै कम्पनी उत्रिसकेका छन्। छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएका विभिन्न ट्याब्लेटले कम आर्थिक अवस्था भएकाको हातमा यस्तै खाले डिभाइस पुर्‍याइरहेका छन्। विश्व बजारमा भने यस्ता ब्रान्ड स्थापित हुन सकेका छैनन्।
ब्रान्ड खोज्ने तर एप्पलभन्दा अरू नै कम्पनीका ग्याजेट्स खोज्ने पनि कम छैनन्। उनीहरूका लागि गुगलले तयार गरेको नेक्सस ७ कम उपयोगी छैन। बिक्री सुरु भएदेखि नै रेकर्ड कायम गरेको एमाजनको किन्डल फायरले पनि बजार राम्रै कब्जा गरेको हो। सर्च इन्जिनमा एकाधिकार कायम गरेको गुगल र अनलाइन बजारमा सबैभन्दा राम्रो पहिचान बनाएको एमाजन दुवैका उत्पादनलाई मिनीले बजारबाट ‘मिनिमाइज’ गर्दै लगेको छ।
यी दुवै डिभाइसभन्दा आइप्याड मिनी महँगो नै छ। अमेरिकी बजारमा १६ जीबी क्षमताको किन्डल फायर एचडीको मूल्य १ सय ९९ डलर छ। नेक्सस ७ को मूल्य २ सय ४९ डलर छ। मिनी आइप्याड किन्डल फायरभन्दा १ सय ३० र नेक्सस ७ भन्दा ८० डलर महँगो छ। तर, यी दुवैको भन्दा फरक फिचरहरू मिनीसँग छ। जस्तो कि अगाडि र पछाडि दुवैतिर क्यामरा हुनु यसको एउटा विशेषता हो। मिनी प्लास्टिक बडीको होइन, अल्मुनियमको हो। यसले अरू डिभाइसभन्दा आइप्याड मिनीलाई फरक र स्टाइलिस बनाएको छ।

Leave a Reply

Your email address will not be published.