नेवार बस्तीमा थारु कला

arts by balkishor chaudhary-2उपेन्द्र लामिछाने, ललितपुर- नेवार समुदायको बाहुल्य रहेको ऐतिहासिक पाटन सहरमा रौतहट कनकपुरबाट आएका थारु युवाको एकल चित्रकला प्रदर्शनी शनिबार सुरु भएको छ। कनकपुर–२ का २५ वर्षीय बालकिशोर चौधरीको थारु रहन सहन, भेषभुषा, र कला संस्कृतिको झल्को दिने ‘बोल्ड एन्ड ब्युटिफुल’ शीर्षकको ३२ चित्र प्रदर्शनीमा छन्।

यस क्षेत्रका नेवार समुदायको सहयोगमा एक साता लामो उनको यो प्रदर्शनी सम्भव भएको योङ पिकासोका निर्देशक अजय देशारले बताए। ‘मोफसलबाट आएका युवालाई हौसला बढाउने हाम्रो लक्ष्य हो,’ देसारले भने, ‘कलाको सम्मान गर्न पाटनबासी लागेका छन्।’
कलाकार मदन चित्रकारले गाउँघरका रहनसहन तथा दृश्यलाई चौधरीले जीवन्त उतारेको बताए। ‘रौतहट कनपुरबाट आएका युवाले ऐतिहासिक स्थानमा आफ्नो कला देखाएको देख्न पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘यो कलाको भविष्यको लागि राम्रो संकेत हो।’
पाटनका सुरेन्द्रमान साक्यले थारु र नेवार समुदायबीच धेरै चिजमा समानता रहेको जनाउँदै यस्ता गतिविधिले झनै दुईबीचको सम्बन्ध झनै प्रगाढ बनाउने बताए। ‘थारु र नेवारबीच खानपिन, लवाइखवाइदेखि विभिन्न संस्कृति समेतको मेल खाने गरेको छ,’ उनले भने, ‘यी दुई समुदायबीच ऐतिहासिक सम्बन्ध रहेको हुनसक्छ।’

चित्रकला नियाल्दै बालकिशोर चौधरीकी ७० वर्षीय हजुरआमा आसियादेबी। तस्बिर : उपेन्द्र लामिछाने
चित्रकला नियाल्दै बालकिशोर चौधरीकी ७० वर्षीय हजुरआमा आसियादेबी। तस्बिर : उपेन्द्र लामिछाने

केही वर्षअघि ललितपुर चापागाउँका नेवार समुदायलाई कपिलवस्तुमा लैजादा दुवै थरीका मानिस एक अर्कालाई देखेर झुक्केको अनुभव उनले सुनाए। ‘नाकको आकार र अनुहारको बनोट दुवै समुदायको उस्तै छ,’ उनले भने, ‘एकै ठाउँमा दुवै समुदायका मिसिएर श्रमदान गर्दा सबै झुक्किएका थिए।’
चित्रकला हेर्न आएकी बालेश्वरकी ७० वर्षीया हजुरआमा आसियादेवी चौधरीले नातिको कलाकृति हेर्दा गाउँको सम्झना आएको सुनाइन्। ‘पाटन क्षेत्रका नेवार महिलासँगै मिसिएर चित्र हेर्दे गरेकी उनले यस क्षेत्रमा मान्छे आफ्नै गाउँका जस्तै देखिएको सुनाइन्। कार्यक्रममा जम्मा भएका थारु र नेवार समुदायका युवाहरु उस्तै देखिएका थिए।
लामो समयसम्म राजधानीमै रहेका चौधरीले आफ्नो मनभित्र लुकेको जन्मथलको मायालाई क्यानभासमा उतारेको उनले सुनाए। चित्रकला प्रदर्शन गर्न पाएको बालेश्वर चौधरी खुसी थिए। ‘मेरो गाउँका थारु समुदाय र यहाँका नेवार दाजुभाइ मिलेर मेरो कला प्रदर्शनीको वातावरण तयार गर्दिनु भयो,’ उनले भने, ‘यसले कला क्षेत्रमा लाग्ने सबैलाई हौसला मिलेको छ। ‘

 

arts by balkishor chaudhary

Leave a Reply

Your email address will not be published.