बालकिशोर चौधरीको ‘बोल्ड एन्ड ब्युटी’ नामक चित्रकला प्रदर्शनी

ललितपुर- रौतहटका कलाकार बालकिशोर चौधरीको एकल चित्रकला शनिबारदेखि सुरु भएको छ। योङ् पिकासोको ‘गाउँ गाउँमा कलाको विकास’ अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शनी गर्न सफल चौधरीको एकल चित्रकला प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरु भएको हो। प्रदर्शनीको उद्‍घाटन गर्दै ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशीले कलाकारको हौसला बढाउने कार्य गरी कलाकारितालाई अगाडि बढाउन सहयोग सबै नागरिकको कर्त्तव्य भएको बताए।

वरिष्ठ कलाकार मदन चित्रकारले मध्यकालीन समयमा नेपालले कलाको क्षेत्रमा दक्षिण एसियाकै प्रतिनिधित्व गरेको बताए। ‘बोल्ड एन्ड ब्युटी’ शीर्षक दिइएको सो प्रदर्शनीमा ३२ वटा पेन्सिल चित्रकला राखिएका छन्। थारु सँस्कृति, जीवन, रहनसहन, वेशभूषालाई चित्रकलामार्फत् देखाउन खोजिएको छ। एक हप्ते सो प्रदर्शनीमा राखिएका चित्रकलाको मूल्य १२ हजारदेखि २५ हजारसम्म रहेको छ। रासस

Leave a Reply

Your email address will not be published.