५८ प्रहरी निरीक्षकको बढुवा

Singh Durbarकाठमाडौं– प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार प्राविधिकसहित ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गरेको छ। चार महिनाअगाडि नै बढुवा सूची बने पनि गृहमन्त्री विजयकुमार गच्छदार, गृह सचिव नवीन घिमिरे र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाबीच सूचीमा सहमति हुन नसक्दा निर्णय प्रक्रिया रोकिएको थियो। तयारी सकिए पनि डिआइजी बढुवा अदालत पुगेपछि अन्य पदको बढुवासमेत अन्योलमा परेको थियो।
गृह र प्रधान कार्यालयले रोकिएको अन्य पदको बढुवा फुकाउन एसएसपी बढुवा रोकेर एसपी र डिएसपीको सूची छलफलमा ल्याएका थिए। आइतबार बढुवा समितिको बैठक बसेर प्रहरी निरीक्षक बढुवाको अन्तिम सूची पारित गरेर गृहमा पठाएलगत्तै गृह सचिव नवीन घिमिरेले समेत सूची सदर गरेका थिए।
आइतबार २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी निरीक्षकसम्म बढुवा भए। भोजदेव खतिवडा पहिलो नम्बरमा बढुवा भएका छन्। जुजुभाई तन्डुकार, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अनुपमशमसेर राणा, रमेश थापा, रमेशकुमार तामाङ, अजय केसी, कृवषप्रसाद कोइराला डिएसपीमा बढुवा भए।
वीरबहादुर बुढामगर, आनन्दजङ थापा, शिवकुमार श्रेष्ठ, सुरेशप्रसाद काफ्ले, प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुँयाल, सन्तोष खड्का, राजकुमार सिलवाल, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, दानबहादुर मल्ल, कृष्णप्रसाद पँगेनी, शान्तिराज कोइराला र मेघराज कँडेलको बढुवा भएको छ।
यसैगरी, होविन्द बोगटी, श्यामकुमार महतो, बेद बिष्ट, हेमकुमार थापा, नकुल पोखरेल, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, नवराज अधिकारी, दिपक पोखरेल, सञ्जयसिंह थापा, प्रकाश रानाभाट, पदमबहादुर विष्ट, प्रविण धिताल, बासुदेव खतिवडाको समेत डिएसपी भएका छन्।
दिपेन्द्र शाह, दिपेन्द्र शाही, कमल थापा, प्रेमबहादुर बस्नेत, प्रभुप्रसाद ढकाल, जनार्दन जिसी, राजेन्द्रप्रसाद श्रेष्ठ, संजयबहादुर राउत, हरिप्रसाद शर्मा, विदुरकुमार गौतम, राजेन्द्रबाबु रेग्मी, अरुणकुमार शाह, लक्ष्मण गुरुङ, गोपाल नेवार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, रञ्जु सिग्देल र माधव खत्री समेत बढुवामा परेका छन्।
प्राविधिकतर्फ दामोदर कँडेल, डा प्रमोदराज भट्ट, अरुण वस्नेत र इश्वर थापा डिएसपीमा बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.