मनै लोभ्याउने थारु परिकार

सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दियाका थारु महिलाहरुले बनाएका थारु परिकारहरु अहिले घोराही महोत्वसमा आर्कषणको केन्द्र बनेको छ। महोत्वसवको उद्घाटनको दिनमा त्यति व्यापार नभए पनि हिजआज महोत्वसवमा भने मेला हेर्न गएका दर्शकहरुले थारु खानाप्रति रुचि बढाउन थालेकाछन। महोत्वसवको आठौदिन पनि परम्परागत थारु परिकार खानको लागि घुइचो लागेको थियो। सस्तो मुल्यमा र असर पनि नगर्ने भएकोले थारु परिकार मध्य ढिक्री खान मानिसहरुको घुइचो लागेको थियो। एउटा ढिक्रीको मुल्य पाँच रुपैया मात्र रहेकोले पनि अरु खाने परिकार भन्दा ढिक्री सवैभन्दा वढी विक्री हुने गरेको परम्परागत थारु खाना परिकार सञ्चालक समितिका अध्यक्ष सुमित्रा चौधरीले वताइन। त्यसैगरि अनदीको रोटी र अनदीको भात पनि उत्तिकै मन पराउने गरेको चौधरीले भनिन। दश रुपैयाको दुइवटा अनदीको रोटी खानेहरुको पनि धेरै संख्यामा आउने गरेका चौधरीले सुनाइन। अहिले सम्म महोत्सवमा सवैभन्दा थारु परिकार मध्य लोकप्रिय परिकार भनेको परमपरागत थारु परिकार ढिक्री, अनदीको भात र अनदीको रोटी रहेको चौधरीले वताइन। 
खासगरि थारु समुदायको थारु परिकारलाई व्यावसायीकरण गर्नको लागि प्रचारप्रसार गर्ने उदेश्यले यहा ल्याएको चौधरीले बताइन्। पहिलो दिन त्यति प्रचार प्रसार नभएकाले त्यति विक्रि भएको थिएन। तर विस्तारै सवैले थाँहा पाउन थालेपछि अहिले भने ग्राहकहरुलाई पुर्‍याउने गाह्रो भएको अध्यक्ष चौधरीले वताइन। थारु समुदायमा प्रचलित विभिन्न परिकारहरु महोत्सवको पश्चिमतिरको स्टलमा राखिएको छ। चौधरीको अनुसार परम्परागत थारु परिकारमा माछाको आइटममा भुटुवा, फ्राई, सुख्खा त्यसैगरि सिध्रा माछाको आइटम रहेकोछ। यसैगरि अनदीको रोटी, अनदीको भात, विभिन्न किसिमको ढिक्री, सुटही, घोङघी, चुनिक वरिया समेत वनाएर वेच्दै आएको चौधरीले भनिन। त्यसैगरि सुंगुर, वंगुरको मासु, लोकल चल्लाको मासु, लोकल चल्लाको अन्दा, असुरोको चट्नी, आलुको विभिन्न परिकार बेच्दै आएको चौधरीले बताए। tharu parikar
दिनमा १२/१३ हजार भन्दा वढि रुपैयाको आम्दानी हुने गरेको परम्परागत थारु खाना परिकार सञ्चालक समितिका कोषाध्यक्ष निरु चौधरीले जानकारी दिए। वजारमा पाइने परिकार भन्दा पनि सस्तो मुल्यमा परम्पगत थारु परिकार पाइने भएकोले पनि सवैको आकर्षण वन्दै गएको चौधरीले भनिन। थारु परिकार धेरैले मन पराएकाछन, कोहि त थारु खान मात्रै भएपनि आउने गरेको चौधरीले भनिन।
दाङ, वाँके र वर्दियाका थारु महिलाहरुले संयुक्त रुपमा उक्त थारु परिकार बनाउदै आएकाछन। हरचाली उद्योग दर्ता गरेर नेपालगंजमा व्यवसाय पनि गर्दै आएको संयोजक सुमित्रा चौधरीले वताइन। हरचालीको व्यवसायसंगै थारु सस्कतिसंग जोदिएको विविध थारु परिकार वनाएर जिल्ला जिल्लामा प्रचार प्रसार गर्र्दै आएको सचिव मनु चौधरीले वताइन। खासगरि दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा ठुलो मेला लागेपछि थारु परिकार लिएर जाने गरेको चौधरीले जानकारी दिइन। यी ६ जिल्लामा थारु समुदायको वाहुल्यता छ, त्यसैले पनि सवै समुदायलाई थारु परिकाको वारेमा जानकारी गराउने उदेश्यले सवै जिल्लामा पुग्ने गरेका छौ उनले भनिन। पुर्वतिर थारु समुदाय रहेको जिल्लामा पनि पुग्ने गरेको उनले भने।
महोत्सव स्थलमा थारु परिकार रहेको थाहा पाए पछि थारु परिकार खान पुगेका नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पिडितले भने– …थारुहरुको परिकार खादा छुट्ट स्वाद आउछ, उनलेभने थारु परिकारमा आफुलाई सवैभन्दा बढी मनपर्ने ढिक्री हो’। वजारमा महोत्सव भित्र थारु परिकार पनि पाइन्छ भन्ने हल्ला सुनेपछि खोज्दै खोज्दै यहा आएको उनले बताए। ढिक्रीको छुट्टै विशेषता र सस्तो मुल्यमा पाइने भएकोले वजारको नास्ता भन्दा ढिक्री धेरै उत्तम रहेको उनले भने। चिल्लो पनि नहुने असर पनि नगर्ने हुनाले यो परिकार खानलाई धेरै उत्तम छ पिडितले भने। प्राय थारु खानपिन प्रति आफ्नो रुचि रहेको वताउदै पिडितले भने यो परम्परागत थारु परिकारको प्रचार प्रसारको लागि जुन उद्देश्य छ यो निकै सह्रायिन काम रहेको पिडितको भनाइथियो। पछिल्लो चरणमा परम्पगत थारु परिकारहरु लोप हुने अवस्थामा भइरको वेला प्रचारप्रसार संगै व्यवसायीकतमा ल्याउने प्रयासलाई सार्थकता दिनुपर्ने उनको भनाइथियो। एकातिर प्रचारप्रसार पनि हुन्छ भने अर्कोतिर व्यावसायीक सिप पनि सिकिन्छ- उनले भने। यस्तो प्रयोग दंगाली थारु महिलाहरुले पनि गर्नुसक्नुपर्छ यो फाइदाजनक पनि छ।

Leave a Reply

Your email address will not be published.