रानीको गोप्य बिहे

Rani Mukharjeeफिल्म ‘गुलाम’की खन्डाला गर्ल रानी मुखर्जीलाई फिल्म टाइकुन यश चोपडाका पुत्र आदित्यलाई देख्नासाथ ‘कुछ कुछ होता है’ भयो। यसपछि ‘ब्ल्याक’ गर्ल र आदित्यबीच प्रणयको गुपचुप खिचडी पाकेको बलिउडमा धेरैअघि चलेको हल्ला हो। यसबीच दुवैको बिहेको कुरा चलेको र विवाहित आदित्यको परिवारले अस्वीकार गरेको अपुष्ट चर्चा पनि नचलेका होइनन्। अहिले भने दुवैले बिहे गरिसकेको हल्ला फेरि एक कान दुई कान मैदान भएको छ। खासमा हालै यश चोपडाको प्रतिमा अनावरण कार्यक्रममा बलिउडका पुराना ‘कालिचरण’ शत्रुघ्न सिन्हाले चोपडा परिवारको नाम लिँदा रानी चोपडा भनेर सम्बोधन गरेपछि उनले बिहे गरिसकेको चर्चा व्यापक भएको बताइन्छ। रानी र आदित्यले यसको पुष्टि नगरे पनि तीन वर्षअघि आदित्यले पत्नीसँग डिभोर्स गरिसकेकाले चर्चामा दम भएको बताइन्छ।

Leave a Reply

Your email address will not be published.