प्रणय दिवसमा प्रविधि

V'day ITप्रेम किन्न सकिन्छ? प्रणय दिवसमा प्रेमी–प्रेमिकालाई गिफ्ट किन्नेको भीड देख्दा लाग्छ मानिसहरू प्रेम किन्न तयार छन्। यसरी किनिएका गिफ्टले तपाईंको जीवनमा कुनै प्रभाव पार्छ? कुनै पनि मूल्यमा प्रेम किन्न सकिन्न। तर, प्रेमलाई दिगो बनाउन तपाईंले किन्ने कुनै पनि गिफ्टले सहयोग पुर्‍याउन सक्छ। एउटा गुलाबको थुंगोले तपाईंको प्रेममा कडा रातो रङ मिसाउन सक्छ भने त्यसको लागि खर्चिन किन पछि पर्नु? आर्थिक रूपमा बलियो हुनुहुन्छ भने प्रेमलाई गिफ्टबाट जोड्न कन्जुस नबन्नुहोस्। आफ्नो प्रेमी वा प्रेमिकाको रुचिअनुसारका ग्याजेट्स किनिदिनुस् र उनलाई खुसी पार्नुहोस्।
ग्याजेट्समात्र होइन, सफ्टवेयर पनि मानिसको प्रेमलाई प्रगाढ बनाउने आधार बन्न थालेका छन्। त्यसैले आजभोलि प्रेम पनि प्रविधिमा अटाउन थालेको छ। माया गर्नेको मुटुमा जस्तै ग्याजेटस्का एप्स र चिप्सहरूमा प्रेम अटाउनसक्छ। तपाईं एन्ड्रोइडको प्रयोगकर्ता हुनुहुन्छ भने प्रेम अभिव्यक्त गर्ने थुप्रै उपायहरू छन्। प्रविधि र प्रेमलाई मानवीय भावनासँग जोड्ने केही आधारहरू :
प्रेम कविता : प्रेम गर्नुहुन्छ। कविकै शैलीमा प्रेमको अभिव्यक्ति दिन पनि चाहनुहुन्छ। तर, तपाईं कवि होइन। पख्नुस्। एन्ड्रोइड तपाईंलाई सघाउन तयार छ। निःशुल्क उपलब्ध यो एप्लिकेसनमा ६ सयभन्दा धेरै प्रेम कविता उपलब्ध छन्। प्रणय दिवसका दिन तपाईं आफ्ना प्रेमी–प्रेमिकालाई यिनै कविता इमेल गर्नुस् या म्यासेज गर्नुस्।
भ्यालेन्टाइन्स डे फन फ्याक्ट्स : जब फेब्रुअरी १४ नजिक हुन्छ यो एप्स सल्बलाउन थाल्छ। प्रेमी र प्रेमिकालाई प्रभाव पार्न यो राम्रो एप्स हो। आफ्नो प्रेमलाई अझ हार्दिक बनाउन यो एप्स प्रयोग गर्नेहरूको संख्या बढ्दै छ। भ्यालेन्टाइन्स डेबारेका तथ्यहरूसहित आफ्नो अभिव्यक्ति दिन यसको प्रयोग हुन्छ। यो एप्सबाट तपाईंले पठाउने म्यासेजले पक्कै पनि प्रेमप्रति तपाईंको अनुराग झल्काउन मद्दत् मिल्छ। र, जसलाई प्रभाव पार्नुपर्ने हो उ प्रभावित नरही रहन सक्दैन। तर, यो एप्सको गोपनीयता आफूसँगमात्र राख्दा राम्रो।
फ्िलक्सर मुभिज : प्रेमीका लागि सिनेमाहल एउटा गन्तव्य हो। तर, प्रणयको कुरालाई सबैखाले फिल्मले सम्बोधन गर्दैन। प्रेमलाई अभिव्यक्त गराउने खालका धेरै फिल्म बनेका छन्। त्यस्ता फिल्म कुन हलमा चलेका छन् त? यो एप्सले यस्तै जानकारी गराउँछ। नेपालको सन्दर्भमा फ्लिक्सरको प्रयोग अर्थपूर्ण छैन तर यो एप्सले दिने सुविधाको साटो तपाईंले आफैंले प्रणयसँग जोडिने सिनेमाको खोजी तरिका पक्कै सिकाउँछ।
फाइन्ड चकलेट : प्रेमि–प्रेमिका दुवैलाई रिझाउन चकलेट महŒवपूर्ण वस्तु हो। तर, प्रणय दिवसको नजिकै चकलेट खोज्दै भौतारिनु कति ठिक? यसैले एप्स तयार पारियो फाइन्ड चकलेट। यो एप्सले तपाईं रहेको नजिकै कुन चकलेट स्टोर छ र त्यो कसरी पाउन सकिन्छ भन्ने सुझाउँछ। मोबाइल बाटै किन्नुस् र प्रेम साट्नुस्। यो सुविधा तपाईंको क्षेत्रमा छैन भने पनि यो एप्सले सुझाएका चकलेट खोज्नुस् र आफ्नो आत्मीयतालाई गुलियो रूपमा प्रस्तुत गर्नुस्। यो एप्सले कुन सिजन र पर्वमा कस्तो चकलेटबाट प्रेम अभिव्यक्त गर्न सकिन्छ सिकाउँछ।

१८०० फ्लावर्स : रातो गुलाबलाई प्रेमको अभिव्यक्तिका रूपमा धेरै पहिलेदेखि नै लिइन्छ। तपार्इं रातो गुलाबको बुकेले सजिएको साँझको चाहनामा हुनुहुन्छ? एन्ड्रोइडका उपभोक्ताले यो सुविधा पाउन सक्छन्। यो एप्सबाट कुनै पनि फूल वा गिफ्ट छान्न सकिन्छ। र, आफ्नो रोजाइअनुसारका डिजाइनमा तपाईंको प्रेम अभिव्यक्ति गर्ने आधार यसले तयार पार्छ। यो एप्समा तपाईंले आफ्नो ठेगाना हालेपछि तपाईंको रोजाइको स्थानमा सबै कुरा पुगिहाल्छ। तर, नेपालमा बसेर यो सुविधा खोज्नुभयो भने पूरा हुनसक्ने स्थिति छैन। प्रविधिको विकास र प्रयोग बढ्दै जाँदा यो सुविधा तपाईंको औलाको टुप्पामा पुग्न एकाध वर्षभन्दा टाढा हुनेछैन।
ओपन टेबल : यो एप्सले तपाईंलाई थप रोमान्टिक बनाउन सहयोग गर्छ। भ्यालेन्टाइन्स डेमा रोमान्टिक डिनर चाहनुहुन्छ भने यो एप्सले सघाउँछ। १८०० फ्लावर्सजस्तै यो एप्सले तपाईं नजिकैको रेस्टुराँको टेबुल बुक गर्छ र तपाईंको चाहनाअनुसारको सजावट तयार पारिएको हुन्छ त्यहाँ।

Leave a Reply

Your email address will not be published.