दाहाल भन्छन्- मार्क्सवाद धर्मशास्त्र हैन

Del416125काठमाडौं-  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मार्क्सवाद धर्मशास्त्र नभएको उल्लेख गरेको छ। खुलामञ्चको घोषणा सभालाई सम्बोधन गर्दै उनले एमाओवादीले त्यसलाई धर्मशास्त्र नमानेको स्पष्ट पारे। ‘मार्क्सवादलाई धर्मशास्त्रको रुपमा हेर्ने कुराको हामी विरोधी हौं’, उनले भने। नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्नुअघि कम्युनिष्टहरुबीच भएको एकीकरणलाई ‘दक्षिणपन्थीहरुको एकीकरण’ भनेको स्मरण गर्दै उनले अहिले पनि कसै कसैले आफूहरुलाई संशोधनवादी भनिरहेको बताए। ‘आज तिनीहरुको हैसियत अमेरिका र युरोपमा के छ?’

आफूहरुले नेपाली माटो सुहाउँदो माक्सर्वाद, लेनिनवाद र माओवाद अपनाएको उनले उल्लेख गरे। पार्टी फुटाउने मोहन वैद्यको नाम नलिइ उनले मार्क्सवाद पुस्तकमा मात्र पढ्ने नभइ जीवनमा उतार्नुपर्ने उल्लेख गरे। संशोधनवाद भनेको प्रति कटाक्ष गर्दै उनले भने, ‘तिनलाई क्रान्तिका उपलब्धि तिनलाई संस्थागत गर्नु परेन। कुरा गरे मात्र पुग्यो।’

‘हामीले मार्क्सवादलाई धर्मशास्त्र ठानेनौं’, एमाओवादी सधैं फड्किने विशेषता रहेको उल्लेख गर्दै उनले भने- ‘मान्छेहरु मार्क्सवादलाई पुस्तकमा पढ्छन्। भट्याउँछन्। हामीले यो बीचमा धेरै परिवर्तन गर्‍यौ।’

Leave a Reply

Your email address will not be published.