आरक्षभित्र गुइँठा टिप्न गएका दुई बालिका बलात्कृत

सप्तरी- सप्तरीको पिप्रापूर्व गाविसका दुई बालिका एकैसाथ बलात्कृत भएका छन्। कोसी टप्पु वन्यजन्तु आरक्षभित्र गोबरको गुइँठा टिप्न गएका पिप्रापूसव गाविस–६ का १० र ११ वर्षका साह र खङ्ग थरका बालिकालाई अपरिचित दुई युवाले बलात्कार गरेको ती बालिकाका परिवारले बताएका छन्। 
बलात्कार गर्ने युवकहरुको पहिचान हुन सकेको छैन। बलात्कृत बालिकाहरुको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कायार्लय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए। रासस

 

Leave a Reply

Your email address will not be published.