बालिका बलात्कार गर्ने जेल चलान

सोलुखुम्बु- सल्लेरी २ फाप्लु सोलुखुम्बुकी छ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई जनालाई कारागार चलान गरिएको छ। बालिका बलात्कार गर्ने फाप्लुकै १३ वर्षीय मिलन तामाङ र निजकै भाइ १२ वर्षीय पेम्बालाई जिल्ला अदालत सोलुखुम्बुले २०६९ साल वैशाख २८ गते पाँच महिना १८ दिन कैद सजाय सुनाएको थियो। उनीहरूको उमेर कम भएका कारण अभिभावकको जिम्मा लगाइएकामा जिल्ला प्रहरी कार्यालयले पुनःपक्राउ गरी अदालतमा बुझाएको हो।
अदालतको आदेशअनुसार उनीहरूलाई जिल्ला कारागार शाखा सल्लेरी चलान गरिएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए। दुई दाजुभाइले गत साल चैत १५ गते सो बालिकालाई बलात्कार गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.