पर्सा- मुलकमा बढ्दै गएको भ्रष्टाचार, अपराध र हिंसाविरुद्ध जनतालाई जागरुक गरी पारदर्शी र विधिको शासनसहितको नयाँ नेपाल निर्माण गर्न म्याक्ट नेपालले कञ्चनपुरबाट सुरु गरेको मेची–महाकाली अभियान आज वीरगन्जबाट बाराका लागि प्रस्थान गरेको छ। कञ्चनपुरको टनकपुरबाट माघ ७ गते सुरु भएको चेतना अभियान कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, मकवानपुरहुँदै शुक्रबार पर्साको वीरगन्ज आएको हो।
म्याक्टद्वारा आज यहाँ आयोजना गरिएको कार्यक्रममा राजनीतिमा सुधार नआएसम्म मुलक सुधारिने अवस्था नभएका कारण पहिले पार्टीहरुका आर्थिक गतिविधिलाई पारदर्शी पार्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्न आमजनताको स्तरबाटै पहल हुनुपर्ने र बढ्दै गएको हिंसालाई नियन्त्रण गर्न विधिको शासन कायम गर्न आवश्यक भएको बताइयो।
सो अभियान फागुन २ गते मेचीको मेचीपुलमा पुगी समापन हुने आयोजकले जनाएका छन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर