भ्रष्टाचार, अपराधविरुद्धको अभियान टोली पर्सामा

पर्सा- मुलकमा बढ्दै गएको भ्रष्टाचार, अपराध र हिंसाविरुद्ध जनतालाई जागरुक गरी पारदर्शी र विधिको शासनसहितको नयाँ नेपाल निर्माण गर्न म्याक्ट नेपालले कञ्चनपुरबाट सुरु गरेको मेची–महाकाली अभियान आज वीरगन्जबाट बाराका लागि प्रस्थान गरेको छ। कञ्चनपुरको टनकपुरबाट माघ ७ गते सुरु भएको चेतना अभियान कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, मकवानपुरहुँदै शुक्रबार पर्साको वीरगन्ज आएको हो।
म्याक्टद्वारा आज यहाँ आयोजना गरिएको कार्यक्रममा राजनीतिमा सुधार नआएसम्म मुलक सुधारिने अवस्था नभएका कारण पहिले पार्टीहरुका आर्थिक गतिविधिलाई पारदर्शी पार्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्न आमजनताको स्तरबाटै पहल हुनुपर्ने र बढ्दै गएको हिंसालाई नियन्त्रण गर्न विधिको शासन कायम गर्न आवश्यक भएको बताइयो।
सो अभियान फागुन २ गते मेचीको मेचीपुलमा पुगी समापन हुने आयोजकले जनाएका छन्। रासस

Leave a Reply

Your email address will not be published.