प्रधानमन्त्री भट्टराई अहिलेसम्मकै निरङ्कुश : नेपाल

दैलेख- दुल्लुमा १९ गते प्रतिपक्षको शक्ति प्रदर्शनमा भाग लिन दैलेख सदरमुकाम आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हेर्दा विद्वानजस्तो भए पनि बाबुराम अहिलेसम्मकै निरङ्कुश प्रधानमन्त्री भएको बताएका छन्। ‘दैलेखी जनतालाई गुण्डाहरु भन्दै गोली हान्न आदेश दिने नेता कसरी जनताको प्रधानमन्त्री हुन सक्छन्,’ पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने।
दैलेखी पत्रकारले माओवादी आतंकका सामुन्ने प्रेस स्वतन्त्रतालाई झुक्न नदिइ गरेको सामनाले देश/विदेशमा समेत चर्चा हुने गरेको बताए। जनयुद्धकालका अपराधहरु कोट्याउन नदिने माओवादीहरु कुरा निकाले वित्तिकै टार्ने प्रवृतिले उनीहरुकै लागि राम्रो नहुने नेपालको भनाई छ। पत्रकार डेकेन्द्रराज थापालाई ज्युँदै गाड्ने माओवादी कार्यकर्तालाई अदालतले संविधानभित्र रहेर न्याय दिने विश्वास उनले गरे। न्यायलयलाई समेत सरकारले कुनै पनि चिजबाट प्रभावित पर्ने वातावरण बनाउन सक्ने भएकाले न्यायलय कुनै प्रभावमा नपर्ने नेपालको विश्वास रहेको थियो।

एमाओवादीको कर्तुत ढाकछोप गर्न नेपाल प्रहरी प्रमुख कुवेरसिह राना खुलेआम लागि परेको नेता नेपालले आरोप लगाए। प्रधानमन्त्रीको चाकडीमा कुवेरसिंह राना हदभन्दा बढी समर्पित हुँदै द्वन्द्वमा गरिएका गैरन्यायिक घटनाका मुद्दाअघि नबढाउन मातहतमा निर्देशन दिनु लाजमर्दो कुरा भएको उनले टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published.