आइफोन ५ एस आउँदै

एप्पलले पाँच महिनाअघि आइफोन ५ सार्वजनिक गर्दा ठूलै चर्चा कमायो। स्मार्टफोनमा पहिलो स्थान लिन सफल एप्पल आइफोन ५ लगत्तै कम्पनी नयाँ मोडलको तयारीमा जुटिसकेको छ। कम्पनीले दुई आइफोनका मोडलसँगै नयाँ पुस्ताको आइप्याड र आइप्याड मिनीको समेत तयारी गर्दै छ। नयाँ आइफोनमा के होला भन्ने जिज्ञासा सबैसामु हुनु अनौठो होइन। एप्पलले ल्याउन लागेको नयाँ पुस्ताको आइफोनमा तीव्र गतिमा चल्नसक्ने प्रोसेसर, फिंगर प्रिन्ट सेन्सर, सुधारिएको क्यामरा र थप शक्तिशाली एलइडी फ्ल्यास समावेश हुने बताइएको छ। 

धेरै फिचर रहेको भए पनि एप्पलको आइफोन महँगो छ। धेरैको बजेटले यो ग्याजेट किन्ने हैसियत राख्दैन। त्यसैले कम्पनीले धेरैको पहुँचमा पुग्नसक्ने खालको आइफोनको पनि तयारी गरिरहेको छ। आल्मुनियम बडीको ठाउँमा सस्तो आइफोनमा प्लास्टिक कभर रहने बताइउको छ। यो आइफोन विभिन्न छ रङमा ल्याउने तयारी गरिएको छ।
टेक्नोलोजी ब्लग आइलङले नयाँ आइफोनमा सुधारिएको क्यामरा जडान हुने लेखेको छ। उसले १३ मेगा पिक्सेलसम्मको क्यामरा यसमा रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published.