जिविस सप्तरीद्वारा तीन गाविस सचिव निलम्बन

सप्तरी५- जिल्ला विकास समिति सप्तरीले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै तीनजना गाविस सचिवलाई दुई महिनाका लागि निलम्बन गरेको छ। जिविसले सप्तरीको टिकुलिया गाविसका सचिव रामदत्त यादव, सिस्वाबेल्ही गाविसका सचिव हरिनारायण यादव र औरही गाविसका सचिव महिनारायण चौधरीलाई निलम्बन गरिएको जिविसले जनाएको छ।

जिल्ला विकास समिति सप्तरीमा भएको भ्रष्टाचारसम्बन्धी समाचार नियमितरुपमा विभिन्न सञ्चारमाध्यमले सम्प्रेषण गरेपछि करिब दुई महिनाअघि स्थानीय विकास मन्त्रालयले आवश्यक छानबिन गरी जिविसका तीन कर्मचारी र पाँच गाविस सचिवलाई निलम्बन गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published.