कैलालीमा बेहडा बाबा मेला सुरु

लखन चौधरी/धनगढी।

धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरमा मंगलवारदेखि सुरु भएको बेहडा बाबा मेला हिलाम्मे बनेको छ । बुधबार विहान नौ बजेदेखि करिब साढे ११ बजेसम्म लगातार परेको पानीले बजार क्षेत्र हिलाम्मे हुन पुगेको हो । जसबाट दर्शनार्थी, मेला आगन्तुक र व्यापारीलाई सास्ती भएको छ ।बुधबार भएको बर्षाले मेला तथा मेला वरिपरी रहेको कुलोमा बाढी आएको थियो । यति मात्र नभई मेलाको गल्ली समेत हिल्लाम्मे बनेको थियो ।

नेपालको विभिन्न जिल्ला र भारतको विभिन्न स्थानबाट पूजाआजाको लागि आएका हजारौं दर्शनार्थीहरु लगातार परेको मुसलधार बर्षालाई वेवास्ता गरेर बेहडा बाबाको दर्शन गरेका थिए ।

यसैबीच धनगढीबाट मेलासम्म पुग्ने बाटो हिलाम्मे बनेपछि दुर्घटनाको जोखिम पनि बढेको आगन्तुकहरुको भनाई थियो । एक जना मेला आगन्तुक शारदा रानाका अनुसार मेला रहेको स्थान घासिटा र जंगलको बाटो हिलाम्मे भएको कारण मेला आगन्तुक बोकेर गएको बस बाटोबाट चिप्लिएको थियो । तर कुनै पनि क्षति भने नभएको रानाको भनाई छ । 01 BEHEDA
मेलाको सुरुवातीमै बर्षात लागेपछि व्यापार व्यवसायी पनि राम्ररी चल्न नसकेको व्यापारीहरुले बताएका छन् । मंगलवार केहि समय मेला चले पनि मेला वढी चल्ने दिन अर्थात गंगा दशहरा पूजाको दिन (असार १ गते ) पानीको कारण व्यापार ठप्प भएको एक जना कस्मेटिक पसले प्रभात चौधरीले बताए । पूजाको दिन सबभन्दा वढी आन्तुकहरुको जमघट हुने बताउँदै उनले मौसमले साथ दिए व्यापार फष्टाउने आशा व्यक्त गरे ।

बेहडा बाबा मन्दिर धार्मिक आस्था तथा आफ्नै मौलिक ऐतिहासिकताको कारण जनमानसको विश्वास जित्न सफल भएको छ । शुद्ध तन मनले पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published.