झापा- जन्ती बोकेर पश्चिमतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। बिहीबार बिहान ५ बजे झापाको दमकतर्फबाट पश्चिमतर्फ आउँदै गरेको को१झ ३५३९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत डाँगीहाट–४ भाउन्नेमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार टायर पन्चर भएर राजमार्गमा रोकिराखेको उखु बोकेको ट्रकसँग बाक्लो हुस्सुले गर्दा पश्चिमतर्फ आउँदै गरेको जन्तीबस ठोक्किन पुग्दा सो दुर्घटना भएको हो।
दुर्घटनामा पर्ने धेरैजसो भारतीय रहेको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार घाइतेको विराटनगरस्थित न्युरो अस्पताल र सुनसरी धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ। बस र ट्रक दुवै प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर