एमाओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन सम्पन्न

बर्दिया- एनेकपा माओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ। ‘पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको सविधानको पक्षमा हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले २८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि, तीनजना पर्यवेक्षक, सातजना स्वयम्सेवक र १ सय ११ जना थारुवान राज्य सम्मेलन प्रतिनिधि चयन गरेको छ। 
सम्मलनमा केन्द्रीय कमिटीको प्रतिवेदनमाथि छलफल हुनुका साथै थारुवान राज्यका संयोजक नवराज सुवेदीले जिल्लाका प्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो। रासस

Leave a Reply

Your email address will not be published.