आदिवासी जनजाति महासंघ कैलालीको अधिवेशन हुँदै

मुकेश टेंर्रा, धनगढी- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीको तेस्रो जिल्ला अधिवेशन आज धनगढीमा भइरहेको छ। दिउँसो ११ बजे उत्तर बेहडरीको खप्तड प्यालेसमा हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भइरहेको आदिवासी महासंघले जनाएको छ। अधिवेशन उद्घाटन सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख शिवराज श्रेष्ठले गर्ने आदिवासी महासंघका अध्यक्ष लक्ष्मण तुलाचनले बताए।

अधिवेशनका लागि जिल्लामा रहेका नौंवटै जातीय संगठनहरुले प्रतिनिधि पठाइसकेको महासंघका सचिव दलबहादुर घर्तिमगरले जनाए। उनले जातीय संगठनबाट सिफारिस भइआएका ३७ जना प्रतिनिधि र गाउ“ समन्वय परिषद्बाट पर्यवेक्षकहरुको सहभागिता रहने बताए।
अधिवेशनले तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्य समिति समेत चयन गर्ने आयोजक समितिले जनाएको छ। महासंघले उद्घाटन सत्रमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिने जनाएको छ। साथै विद्यार्थीहरुलाई सम्मान गरिने सम्मानका लागि स्पष्ट डकुमेन्ट सहित दावी नआएकाले विश्व आदिवासी दिवससम्म सो सम्मान स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published.