साकिराले छोरा जन्माइन्

एजेन्सी – कोलम्बियन गायिका साकिराले पहिलो सन्तान जन्माएकी छिन्। गए राति स्पेनको बार्सिलोनामा जन्मेको उनको छोराको नाम मिलान राखिएको छ। उनको सिजरिङ गरी बच्चा निकालिएको थियो। बहुचर्चित गायिका र उनको छोरा दुबैको स्वास्थ्य राम्रो रहेको बताइएको छ। साकिरा र उनका पति वार्सिलोनाका फुटबलर गेरार्ड पेक्युले पहिलो सन्तान जन्माएको स्वीकार गरेका छन्। आफ्नै वेवसाइटमा उनीहरुले सन्तानको नामसमेत सार्वजनिक गरे।
उनीहरुले राखेको नाम मिलानको स्लेभिक भाषामा प्यारो, मायालाग्दो र ओजश्वर भन्ने अर्थ लाग्छ। रोमनमा यसको अर्थ जिज्ञासु र मिहेनती हुन्छ भने संस्कृतमा यसको अर्थ गैरआख्यानिक हुन्छ।

Leave a Reply

Your email address will not be published.