ट्युसन पढन गएकी छात्रालाई यौन दुर्व्यवहार

सर्लाही- महोत्तरीको बर्दिबास स्थित देउराली माविका शिक्षकले पढाउने बेला विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरोधमा पूर्व-पश्चिम राजमार्ग चक्का जाम गरिएको छ। विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने २८ वर्षीय शिक्षक राकेश चौधरीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले बर्दिबासमा दुई घण्टा राजमार्ग अवरुद्ध पारेका हुन्। अंग्रेजी विषयका निमावि शिक्षकले कक्षा ६ मा पढने बालिकालाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

बालिकालाई यौन दुव्यवहार गर्ने चौधरीलाई विद्यालयबाट निलम्बन गरी प्रहरीलाई बुझाएको देउराली माविका प्रधानाध्यापक केदार कोइरालाले बताए। ‘चार/पाँच दिन अघि ट्युसन पढन गएकी कक्षाकी विद्यार्थीको गुप्ताङ्गमा हात पसाएर दुव्यवहार गर्न खोजेका चौधरीलाई विद्यालय व्यवस्थापन समितिले निलम्बन गरेको छ,’ प्रअ कोइरालाले भने, ‘चौधरीलाई पटकपटक सम्झाएर घटना शान्त भएको थियो। स्थानीयहरुले थाहा पाएपछि कारबाहीका लागि प्रहरीलाई बुझाएका छौ।’

स्थानीयहरुको दबाबपछि चौधरीलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ। शिक्षकलाई कारबाहिको माग गर्दै स्थानीयहरुले प्रदर्शन गरेपछि बर्दिबासको अवस्था तनावग्रस्त बनेको थियो । आज दिउसो स्थानीयहरुले विद्यालयमा कक्षाकोठामा पढाउँदै गरेका चौधरीमाथि समेत आक्रमण गरेको छ।

Leave a Reply

Your email address will not be published.