राजविराजको हटियामा आगलागी

राजविराज- राजविराजस्थित तरकारी हटियामा आज बिहान भएको आगलागीमा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। राजविराज–१ स्थित तरकारी हटियामा आज बिहान अचानक भएको आगलागीमा ३८ वटा घरटहरा जलेर नष्ट भएका छन्। बिहान करिब ४ बजे भएको सो आगलागीमा तरकारी, किराना, फलफूललगायतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

राजविराज नगरपालिकाको बारुणयन्त्र, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा परेर महेशकुमार साहको पाँच लाख, रीनादेवी दासको चार लाख र दिलीप साहको तीन लाख बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ। अन्य पीडितको तथ्याङ्क सङ्कलन भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.