कांग्रेस नेता ताजपुरियाको निधन

विराटनगर- नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का पूर्वमहासमिति सदस्य तथा झुर्किया निवासी पुराना नेता मदन ताजपुरियाको निधन भएको छ। विगत चार वर्षदेखि पक्षघातले पीडित नेता ताजपुरिया ६५ वर्षका थिए। क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताको सहभगितामा उनको दाहसंस्कार ताजपुरिया विधि र परम्पराअनुसार स्थानीय घाटमा गरिएको नेपाली कांग्रेस मोरङले जनाएको छ।

ताजपुरियाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झन्डा ओढाइएको थियो। नेपाली कांग्रेस मोरङका सभापति अमृत अर्याल, जिल्ला सचिव यदु विष्ट, महासमिति सदस्य शिवनारायण सिंह, क्षेत्रीय सभापति नागेश्वर सिंहलगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.