पोर्न साइटका उपभोक्ता

एजेन्सी- पोर्न साइटहरू कसले बढी हेर्छन्? कुन ठाउँमा बढी हेर्छन्? नेपालमा यसबारे तथ्यांक पाउन गाह्रो छ। तर, अमेरिकामा भने पोर्नहब नामको साइटले आफ्नो साइटका पोर्न भिडियोहरू कुन ठाउँबाट बढी हेरिन्छ भन्ने तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार गत वर्ष अनलाइनमा सबैभन्दा बढी पोर्न भिडियो हेर्नेहरू राजधानी वासिङ्टन डिसीमा रहेछन्। 
वासिङ्टन राज्यमा पनि डिस्ट्रिक्ट अफ कोलम्बियाबाट सबैभन्दा बढी पोर्न भिडियो हेरिएका थिए। यही ठाउँमा अमेरिकी संसद्, राष्ट्रपति भवन ह्वाइट हाउस र अधिकांश संघीय सरकारी कार्यालय रहेका छन्। सरकारी कार्यालयमा जनताको कर खाने कर्मचारीहरूले पोर्न भिडियो हेरेर पो समय काट्दा रहेछन् भन्दै केही मिडियाले आलोचना पनि गरे।
डिस्ट्रिक्ट अफ कोलम्बियापछि अमेरिकामा सबैभन्दा बढी पोर्न भिडियो हेर्ने ठाउँ हवाई हो। समुद्रको बीचमा रहेको यो ठाउँ विदा मनाउनेहरूको गन्तव्य पनि हो। म्यासाच्युसेट्स तेस्रो र न्युयोर्क चौथोमा रहे।
क्रिसमसपछिको भोलिपल्ट यो साइटमा सबैभन्दा धेरै दर्शक आए। सबैभन्दा कम दर्शक भने क्रिसमस, थ्यांक्स गिभिंग, इस्टर, क्रिसमस इभ र इन्डिपेन्डेन्स डेमा रहे।

Leave a Reply

Your email address will not be published.