‘कन्डम नलगाउनु जन्मसिद्ध अधिकार’

लस एन्जलस, एजेन्सी– अमेरिकाका ठूला दुई पोर्न फिल्म निर्माता कम्पनीले लस एन्जलसको एउटा कानुनलाई चुनौती दिएका छन्। वयस्क फिल्म निर्माता विविध इन्टरटेनमेन्ट र क्यालिफ प्रोडक्सन्सले ‘मेजर बी’ कानुन अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको दाबी गरेका छन्। ‘मेजर बी’ नामको कानुन अनुसार वयस्क अर्थात पोर्न फिल्मका कलाकारले फिल्ममा अभिनय गर्दा अनिबार्य रुपमा कन्डम लगाउनै पर्छ। ‘मेजर बी’ कानुन गएको नोभेम्बरमा मात्र स्थानीय मतदाताले पारित गरेका हुन्। नयाँ कानुनलाई हेल्थकेयर फाउन्डेसनले समर्थन गरेको छ। फाउन्डेसनका अनुसार पोर्न कलाकारले फिल्ममा कन्डम अनिबार्य लगाउनै पर्ने भएपछि उनीहरू एड्सलगायत संक्रामक यौन रोगबाट जोगिने छन्।
विविध इन्टरटेनमेन्टका संस्थापक स्टिभन हर्शले मेजर बी कानुन फिर्ता गराउन आफू प्रतिबद्ध भएको समाचार संस्था एएफपीलाई बताए। स्टिभन पोर्न उद्योगमा अहिले भएका सुरक्षा उपायहरू नै कलाकारको स्वास्थ्य रक्षाका लागि पर्याप्त भएको ठान्छन्। वयस्क फिल्मका सुपरस्टार केडन क्रस र लोगान पियर्ससमेत कलाकारले कन्डम लगाउनै पर्ने मेजर बी कानुनविरुद्धको संघर्षमा उत्रिएका छन्।
मेजर बी कानुन २ जनवरी सन् २०१२ मा अस्तिŒवमा आएको हो। मेजर बी कानुन अन्तर्गत क्यालिफोर्नियामा वयस्क फिल्मका कलाकारले फिल्ममा कन्डम लगाउने सर्तमा मात्र निर्माणका लागि अनुमति दिइने उल्लेख छ। त्यसैबेला हलिउडभन्दा ठूलो वयस्क फिल्म उद्योगले क्यालिफोर्नियाबाट अन्तै सर्ने धम्किसमेत दिएको थियो। तर क्यालिफोर्नियाबाहिर वयस्क फिल्म निर्माण गर्नसमेत उनीहरूसामु कानुनी अड्चन छन्।
सन् १९८८ मा क्यालिफोर्नियाको सुप्रिम कोर्टले एउटा फैसला गरेको थियो। सुप्रिम कोर्टको फैसला बमोजिम वयस्क फिल्मसँग सम्बन्धित व्यक्तिलाई देह व्यापारविरोधी कानुन अनुसार मुद्दा चलाउन पाइँदैन। एचआइभि एड्सका कारण नै यसअघि पनि लस एन्जलस क्षेत्रमा वयस्क फिल्म निर्माण कैयौंपल्ट रोकिएको छ। मेजर बी कानुनबाट आक्रोसितहरूको भनाइ छ– वयस्क फिल्मका कलाकारको नियमित स्वास्थ्य परीक्षण गरिन्छ।
वयस्क फिल्मसँग सम्बन्धितहरूको भनाइ अनुसार मेजर बी कानुन लागु गरिए उनीहरूको व्यापार व्यवसाय बर्बाद हुने मात्र नभएर गैरकानुनी रुपमा वयस्क फिल्म निर्माण बढ्नेछ। बेलायती पोर्नस्टार किरन लीका अनुसार उनीहरूले घरमा वयस्क फिल्म हेर्ने व्यक्तिहरू कन्डम लगाइएका फिल्म हेर्न मन नपराउने पाए।

Leave a Reply

Your email address will not be published.