करिमा बेगमद्वारा गच्छदारको पार्टी परित्याग

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा बेगमले बिहीबार पार्टी परित्याग गरेकी छन्।  सम्झना होटलमा पत्रकार सम्मेलन गरी बेगमले पार्टी परित्याग गरेकी हुन्। विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक छाडेकी उनले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिन्। पत्रकार सम्मेलनमा बेगमसँगै फोरम अध्यक्ष यादव पनि थिए।

बेगम माधवकुमार नेपाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री थिइन्। पदमा रहेकाबेला उनले पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेकी थिइन्।

Leave a Reply

Your email address will not be published.