नेपाल बंगलादेशसँग ६ विकेटले पराजित

Nepal Cricket

आइसीसी यु-१९ विश्वकपको पहिलो क्वाटरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १ सय १२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले १० बल अगावै विजय पाएको हो।

बंगलादेशको लागि जाकिर हसनले सर्वाधिक अविजिति ७५ रन बनाए भने मेहदी हसनले अविजित ५५ रन बनाए। त्यस्तै जोयराजले ३८ र पिनाक घोसले ३२ रन बनाए।

यसअघि नेपालले टस जितेर बंगलादेशसामु २ सय १२ रनको चुनौति पेस गरेको थियो। नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो। नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ७२ रन बनाए। उनले ८० बलमा ७२ रन बनाए।

त्यस्तै सन्दीप सुनारले ७ रन, योगेन्द्र सिंह कार्कीले १ रन, सुनिल धमलाले २५ रन, अरिफ शैखले २१ रन, राजवीर सिंहले ९ रन, कुशल भुर्तेलले १४ रन, दिपेन्द्र सिंह ऐरीले २२ रन, सुशील कँडेलले २ रन र प्रेम तामाङले अविजित २२ रन बनाए।

Leave a Reply

Your email address will not be published.