मजदुरले मालिकलाई घरमै जलाएर मारे

असाम, एजेन्सी- भारतको असाम राज्यका चिया मजदुरको समूहले आगो लगाएर मालिक र उनका पत्नीलाई मारेका छन्। असामको एक चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रितालाई बुधबार घरमै आगो लगाएर मारिएको हो। करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगाएका थिए। उनीहरुलाई बाहिर निस्कन नदिएर भित्रै जलाइएको बुझिएको छ। घरमा रहेको दुईवटा सवारीसमेत जलेको छ।

केही मजदुरको आवास सुविधा खोस्ने निर्णएपछि दुई हप्तादेखि मजदुर र मालिकबीच विवाद चर्किएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। दुई बर्षअघि भट्टाचार्यकै नाममा रहेको गुहावटीको अर्को चिया बगानका मजदुरले फ्याक्ट्रीमै आगो लगाएका थिए।

Leave a Reply

Your email address will not be published.