थारु बैडावा गुरुवा समाजद्वारा १५ बुँदे घोषणा पत्र जारी

बर्दिया- थारु बैडावा गुरुवा समाजले १५ बुँदे घोषणा पत्र जारी गरेको छ। बर्दियामा बसेको दुई दिने भेलाले सो घोषणा पत्र जारी गरेको हो। भेलाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ११ बुँदे मागसमेत प्रस्तुत गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत् उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग पेस गरेका हुन्। 

हेरौं भेलाले प्रस्तुत गरेका मागहरु:

थारु बैडावा गुरुवा समाज
केन्द्रीय समिति, नेपाल
मिति : २०६९/९/९
सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय,
सिंहदरबार, काठमाण्डौं

मार्फत
प्रमुख जिल्ला अधिकारीज्यू
जिल्ला प्रशासन कार्यालय, बर्दिया

विषय : ज्ञापन पत्र।

सम्माननीय प्रधानमन्त्रीज्यू,
बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक, बहुधार्मिक पहिचान रहेको नेपाल स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक हो भन्ने यथार्थतालाई आत्मसाथ गर्दै,
थरुहट तराईका मूल आदिवासी थारुहरुको आफ्नो पहिचान, ऐतिहासिक थातथलो, भाषा, परम्परा, संस्कृति, बैडावा गुरुवा ज्ञान, संगठन, आदि रहेको तथ्यलाई हृदयङ्गम गर्दै,
थरुहट तराईका धरतिपुत्र थारुहरुको आदिवासी ज्ञान र यसका अभ्यासहरु जस्तै बैडावा र गुरुवा ज्ञान, कृषि प्रणाली, आदि सरकारी संरक्षण र सहयोगको अभाव, बढ्दो बजारिकरण लगायतका विभिन्न कारणहरुले संकटापन्न अवस्थामा गुजि्रन बाध्य रहेको अवस्थालाई ध्यानमा राख्दै,
अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, आदिवासीहरुको अधिकार संबन्धि संयुक्त राष्ट्रसंघीय घोषणा पत्र, सि.वि.डि कन्भेन्सन (पृथ्वी सम्मेलन घोषणा पत्र १९९२) जस्ता विभिन्न अन्तरराष्ट्रिय महासंन्धी तथा घोषणापत्रमा उल्लेख भए अनुसार आदिवासी जनजातिहरुका हक र अधिकार सुनिश्चित गर्नेछु भन्ने प्रतिबद्धताका साथ नेपाल सरकारले अनुमोदन गरेको दशक बितिसक्दा पनि राज्यपक्षबाट कार्यान्वयनको जिम्मेवारी निकै कमजोर वा उदासिन रहेको ध्यानाकर्षण गराउदै,
२०६९ साल पुस ८ र ९ गते अन्नको भण्डार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा मध्य तथा सुदुरपश्चिमका ६ जिल्ला दाङ्ग देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु बैडावा र गुर्‍वाहरुको दुई दिने सम्मेलनले नेपाल सरकारको सम्बन्धित सबै निकायहरुबाट लागू गर्न गराउनको लागि अनुरोध गर्न तपसिल अनुसारको एघार बुँदे माग पत्र पेश गर्दछ।

हाम्रा मागहरु :
(१) थारु बैडावा र गुरुवा प्रणालीलाई कानूनी मान्यता साथै थारु बैडावा (बैद्य) तथा गुर्‍वाहरुलाई पेशागत कार्य गर्न कानूनी मान्यता वा अनुमति पत्र प्रदान गरिनु पर्ने।
(२) थरुहट तराईमा पाइने विभिन्न खाले जडीबुटीको विस्तृत अध्ययन तथा सूचिकरण थारु विज्ञ तथा बैडावाहरुको नेतृत्व तथा सहभागितामा तयार पारी आदिवासी थारुहरुको सामुहिक सम्पत्तिको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय हैसियतमा मान्यता दिनु पर्ने।
(३) ँभुँइ≈यारठान/मर्‍वा/ठनवा” को संरक्षण र विकासका लागि सरकारले श्रोत साधन उपलब्ध गराउनुपर्ने।
(४) बरघर/महटाँवाको अगुवाईमा गरिने प्रत्येक गाउँको साझा पूजापाठको लागि सरकारबाट स्थानीय निकाय मार्फत आर्थिक सहयोग तथा सुविधा उपलब्ध हुनुपर्ने।
(५) बैडावा तथा गुरुवाहरुले परम्परा अनुसारको उपचार गर्न गराउनको लागि सरकारी बन, राष्ट्रिय निकुञ्ज, आदि वनजङ्गलबाट जडिबुटी संकलन गर्न अनुमति पाइनुपर्ने।
(६) जडिबुटी प्रशोधनको लागि अत्यावश्यक सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने। साथै थारुहरुको सामुहिक प्रशोधन केन्द्रको स्थापना गरिनु पर्ने।
(७) परम्परागत रुपमा पूजापाठ र बिरामीहरुको उपचारको लागि एक ठाउबाट अर्को स्थानमा जादा आउदा गुर्‍वा बैडावाहरुको गाडी भाडा छुटको व्यवस्था हुनुपर्ने।
(८) गाउँ विकास समिति, नगरपालिका तथा जिल्ला विकास समिति र परिषदमा गुर्‍वा/बैडावाहरुको प्रतिनिधिलाई समावेश गराउनुपर्ने।
(९) थारु बैडावा तथा गुर्‍वा ज्ञान र यसको अभ्यास पठन पाठन गर्न गराउनको लागि पाठ्यक्रम विकास र विद्यालयको स्थापना गरिनु पर्ने।
(१०) पृथ्वी सम्मेलन १९९२, अन्तरराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा आदिवासी थारु बैडावा र गुर्‍वाहरुको अधिकार सम्बन्धि कानूनी व्यवस्थालाई ऐन कानून बनाई लागू गर्नु गराउनु पर्ने।
(११) थारुहरुको जडीबुटी खेती प्रणालीलाई ब्यवसायिकीकरण तर्फ अगाडि बढाउनको लागि राज्यपक्षबाट सहुलियत व्याजमा ऋण, उपकरण, क्षमता विकास तालिम, बजारिकरण सम्पर्क र ब्यवसायिक सुविधा दिनु पर्ने।

थारु बैडावा गुरुवा समाजको तर्फबाट ज्ञापन पत्र प्रस्तोताहरु…………………………………………
हस्ताक्षर
(१) फुलाराम चौधरी बैडावा बर्दिया
(२) रामकृष्ण चौधरी बैडावा बर्दिया
(३) भद्र बहादुर चौधरी बैडावा बर्दिया
(४) रजमान चौधरी बैडावा बर्दिया
(५) सुरज चौधरी बैडावा बर्दिया
(६) बासुदेव चौधरी गुरुवा बर्दिया
(७) बिसराम चौधरी गुरुवा बर्दिया
(८) पंडीत थारु गुरुवा बैडावा बर्दिया
(९) सिताराम थारु गुरुवा बैडावा बर्दिया
(१०) खुसाल थारु गुरुवा बर्दिया
(१२) जन्कु थारु वैडावा बर्दिया
(१३) ठाकुरराम बैद्य बैडावा बर्दिया
(१४) बाबुराम चौधरी गुरुवा बैडावा बर्दिया
(१५) नरबहादुर थारु गुरुवा बैडावा बर्दिया
(१६) बलबहादुर थारु गुरुवा बैडावा बर्दिया
(१७) लालराम थारु गुरुवा बैडावा बर्दिया
(१८) भरथरु थारु गुरुवा बर्दिया
(१९) शालिकराम थारु गुरुवा बैडावा बर्दिया
(२०) फिरवा थारु गुरुवा बर्दिया
(२१) लक्ष्मण थारु गुरुवा बर्दिया
(२२) ओबिन थारु गुरुवा बैडावा बर्दिया
(२३) कुलाराम थारु गुरुवा बैडावा बर्दिया
(२४) गजाधर थारु बैडावा गुरुवा बर्दिया
(२५) आशाराम थारु बैडावा बर्दिया
(२६) बिश्राम थारु गुरुवा बैडावा बर्दिया
(२७) आशा थारु बैडावा बर्दिया
(२८) जग्गु प्रसाद दहित गुरुवा दाङ्ग
(२९) बिलास थारु बैडावा दाङ्ग
(३०) हिरालाल थारु गुरुवा दाङ्ग
(३१) मोहनलाल चौधरी गुरुवा वैडावा दाङ्ग
(३२) देबीलाल थारु गुरुवा वैडावा दाङ्ग
(३३) खोन्टरी चौधरी बैडावा दाङ्ग
(३४) जगदीप चौधरी बैडावा दाङ्ग
(३५) रेशम चौधरी गुरुवा दाङ्ग
(३६) नारायण थारु गुरुवा दाङ्ग
(३७) रजमान चौधरी गुरुवा दाङ्ग
(३८) चन्द्र प्रसाद थारु गुरुवा बैडावा दाङ्ग
(३९) कालीप्रसाद थारु गुरुवा दाङ्गदेउखर
(४०) टीकाराम थारु दाङ्गदेउखर
(४१) ताराप्रसाद थारु बैडावा दाङ्गदेउखर
(४२) जागुराम थारु बैडावा सुर्खेत
(४३) जलीराम थारु बैडावा बाँके
(४४) जगतराम थारु बैडावा बाँके
(४५) दल बहादुर दहित गुरुवा बैडावा कैलाली
(४६) कन्हैयालाल बैद्य गुरुवा कैलाली
(४७) हरिप्रसाद चौधरी गुरुवा कैलाली
(४८) दुलारेलाल थारु गुरुवा कैलाली
(४९) छटक बहादुर चौधरी गुरुवा बैडावा कञ्चनपुर
(५०) भङ्गी राना गुरुवा बैडावा कञ्चनपुर

साथमा
(१) गोपाल दहित बर्दिया
(२) सन्तराम धरकटुवा थारु बर्दिया
(३) कृष्णराज चौधरी दाङ्गदेउखुरी
(४) भागीराम चौधरी बर्दिया
(५) तुलाराम चौधरी बर्दिया
(६) सुरेन्द्र चौधरी बर्दिया
(७) जनक चौधरी बर्दिया पत्रकार
(८) मेनका चौधरी बर्दिया पत्रकार
(९) नन्दकिशोर चौधरी बर्दिया पत्रकार
इति सम्बत् २०६९ साल पौष ९ गते सोमवार शुभम्।

Leave a Reply

Your email address will not be published.