काठमाडौं- निर्वाचन आयोगमा नयाँ दशवटा राजनीतिक दल दर्ता भएका छन्। आयोगका अनुसार यसरी दर्ता गरिएका नयाँ दलहरूमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी छन्। त्यसैगरी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी र नेपाल नौलो जनवादी पार्टीले पनि नयाँ राजनीतिक दलको मान्यता पाएका छन्।
नेपालको अन्तरिम संविधानबमोजिम राजनीतिक दल दर्ताका लागि ती दलले आयोगमा निवेदन दिएका थिए। नयाँ राजनीतिक दलहरूको कार्यकारी समिति, विधान र झन्डालाई प्रमाणित गरिदिने, राजनीतिक दल दर्ता किताबमा खडा गरी सो किताबमा चढाउने र दल दर्ता भएको व्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी नयाँ दललाई त्यसको सूचना दिने निर्णय भएको आयोगले जनाएको छ।
आयोगले त्यससम्बन्धी निर्णय गत मङ्गलबार गरेको प्रवक्ता अनिलकुमार ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर