बैंक अफ काठमाडौंबाट एक करोड ९५ लाख लुटियो

दाङ६- दाङको तुल्सिपुरमा अवस्थित बैंक अफ काठमाडौंबाट करिब दुई करोड रुपियाँ लुटिएको छ। साँझ ६ बजे पेस्तोलसहित आएका तीन जना लुटेराले बैंकका कार्मचारीलाई नियन्त्रणमा लिएर नगद लुटिएको जिल्ला प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले बताए। बैंकले उपभोक्ताका लागि सन्ध्याकालीन काउन्टरको व्यवस्था गरेको छ। सोही योजनाअन्तर्गत सेवा पुर्‍याइरहेका कर्मचारीहरुलाई कोठामै थुनेर सेभबाट एक करोड ९५ लाख नगद लुटेको मल्लले बताए।

उनले घटना साँझ ६ बजेको भए पनि आफूहरुलाई सवा ८ मा मात्र खबर आएको बताए।

Leave a Reply

Your email address will not be published.