फेसबुक र ट्वीटरको प्रतिस्पर्धा

फेसबुक र ट्वीटरबीच पहिले साथीको सम्बन्ध थियो। तर, अहिले दुईबीच प्रतिस्पर्धा नयाँ हिसाबले अघि बढेको छ। फेसबुकले खरिद गरेको फोटो सेयर गर्न प्रयोग हुने इन्स्टाग्रामलाई लिएर दुईबीच प्रतिस्पर्धा चर्किएको हो। इन्स्टाग्रामका फोटो ट्वीटरभित्रैबाट सेयर गर्न नमिल्ने गरी फेसबुकले रोकेपछि ट्वीटर नयाँ विकल्प दिन तयार भएको हो। 
ट्वीटरले इन्स्टाग्रामको जस्तै फोटोमा विभिन्न फिल्टर र इफेक्ट हाल्न मिल्ने नयाँ सेवा सुरु गर्ने घोषणा यही साता गरेको हो। अब आइफोन र एन्ड्रोइड एप्लिकेसनमा रहेको ट्वीटरभित्रैबाट फोटोमा त्यस्ता इफेक्ट हालेर एडिट गर्न सकिनेछ।
धेरै फलोअर भएका ट्वीटर प्रयोगकर्ताहरू फोटोका लागि इन्स्टाग्रामजस्ता अरू आयप्स प्रयोग गर्ने भएकाले उनीहरूलाई ट्वीटरभित्रैबाट त्यो सुविधा दिन ट्वीटरले एभियरी नामको कम्पनीले बनाएको यस्तो फिल्टर प्रयोग गर्न थालेको हो।

Leave a Reply

Your email address will not be published.