बिराटनगरमा पनि सडक विस्तार

विराटनगर- जोगवनी–इटहरी सडकखण्डमा सडक अतिक्रमण गरी बनाइएका घरटहरालगायत अवरोध हटाउन थालिएको छ। अघिल्लो वर्ष सरकारले सो सडकखण्डलाई छ लेनको बनाउनका लागि छुट्ट्याएको रु २५ करोड फ्रिज भएपछि यो वर्ष डिभिजन सडक कार्यालय विराटनगर तात्न थालेको हो। सडक डिभिजन कार्यालयले सुनसरीको सोनापुर र खनार सडकखण्डमा सडकको बीच भागबाट २५/२५ मिटर दायाँबायाँ क्षेत्रमा खम्बा गाड्ने र सडकको जमिन छुट्ट्याउने कार्य तीव्रगतिमा अघि बढाइरहेको डिभिजन प्रमुख विनोदकुमार मौवारले जानकारी दिए। 
कोसी राजमार्गअन्तर्गत यो सडक विस्तारका लागि पहिलो चरणमा सडकले निर्धारण गरेको जमिन किटान गरिसक्ने र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत सार्वजनिक सूचना जारी गरी घरटहरा तथा अवरोध हटाउन निर्देशन जारी गरिएको छ। प्रमुख मौवारका अनुसार सबैभन्दा बढी सुनसरी जिल्लाको सोनापुर खनार सडकखण्डमा अवरोध रहेकाले सो क्षेत्रको अवरोध हटाइएपछि सडक विस्तार योजना अघि बढाइनेछ।
सडक विभागले निर्धारण गरेको ८२ फिट सडक क्षेत्र खुला गरिने र त्यसभित्र परेका सबै घरटहरा भत्काइने बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.