सवारी दुर्घटनामा २०० ले ज्यान गुमाए

नेपालगन्ज- आर्थिक वर्ष २०६८/६९ मा मध्यपश्चिममा सवारी दुर्घटनामा २०० जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ। बाँके जिल्लाको कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा यात्रु बस, ट्रक, मोटसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधन दुर्घटनामा परी ३७२ जना गम्भीर घाइते भएका थिए।
त्यस अवधिमा दाङमा सबैभन्दा बढी १२४ सवारी दुर्घटना भई ७१ जनाले ज्यान गुमाएका थिए। जाजरकोटमा भने कुनै सवारी दुर्घटना नभएको जनाइएको छ। तीव्र गतिमा सवारीसाधन चलाउनु, चालकले मदिरा सेवन गर्नु, क्षमताभन्दा बढी यात्रु गाडीमा राख्नु जस्ता कारण दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.