इटहरी- दुई दिनदेखि लगातार बाक्लो हुस्सु लागेर घाम देख्न नपाएका सुनसरीवासीले आज बिहानैदेखि शीतलहरको सामना गर्नुपरेको छ। सिमसिम पानी परेजस्तै गरेर शीतलहर परेकाले मानिसले निकै जाडोको महसुस गरिरहेका छन्। बाक्लो हुस्सुसँगै शीतलहरसमेत पर्न थालेकाले किसानहरूमा चिन्ता बढेको छ। शीतलहर चलेपछि हरियो सागपात, आलु, लहराजन्य तरकारी खेतीमा नराम्रो असर पर्ने भएकाले किसानमा चिन्ता बढेको हो।
तरकारीखेतीका लागि पकेट क्षेत्र मानिएको सुनसरी जिल्लामा सबैभन्दा बढी उत्पादन हुने आलुलाई धेरै नोक्सानी पुग्न सक्ने अनुमान गरिएको छ। जिल्ला कृषि विकास कार्यालय सुनसरीले हुस्सु र शीतलहरका कारण आलुबालीमा प्रतिकूल प्रभाव परेर उत्पादन घट्न सक्ने बताएको छ।
लामो समयसम्म यस्तै मौसम रहे औषधि छर्कंदा पनि आलुको बोट बचाउन सक्ने अवस्था नरहने बताइएको छ। जिल्लाको प्रकाशपुर, मधुवन, डुम्राहा, बबिया, कप्तानगन्ज, देवानगन्ज, सिँगिया, नरसिंह, औरावनीलगायतका गाविसमा ठूलो परिमाणमा उन्नत जातको आलुखेती गरिँदैआएको छ। आलुसँगै भान्टा, करेला, कोपी, सिमी र बोडीमा समेत हुस्सु र शीतलहरले असर पार्न सक्ने किसानको भनाइ छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर