कञ्चनपुर- कञ्चनपुरको श्रीपुर–१ उल्टनपुरमा रहेको सुकुम्वासी शिविरमा पाहुना बस्न आएका एक व्यक्तिले विस्फोटक पदार्थ चलाउँदा दुवै हातका औँला गुमाएका छन्। शिविरका भङ्गी रानाको घरमा पाहुना बस्न आएका कालिका–९ पुरैनाका ५० वर्षीय दिनाराम रानाले विस्फोटक पदार्थ चलाउन खोज्दा विस्फोटन भइ हिजो साँझ कान्छी औँलाबाहेक हातका सबै औँला चुडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताए।
केही दिनअघि भङ्गी रानाले खेत जोत्ने क्रममा फलामको डल्लो पाएपछि घरमा ल्याएका थिए। पाहुना बस्न आएका दिनारामलाई आफूले पाएको डल्लो देखाउने क्रममा उनले दुवै हातले डल्लो कोट्ययाउन खोज्दा हातमै उक्त डल्लो पड्किएको प्रनाउ रावलले बताए।
औँला चुडिएपछि घाइते रानालाई स्थानीय बासिन्दाको सहयोगमा नवजीवन अस्पताल धनगढीमा उपचार गरिएको छ। उक्त विस्फोटक पदार्थ विगतको द्वन्द्वकालमा छाडिएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर