ट्याक्टरको ठक्करबाट दुईको मृत्यु

धनगढी- धनगढी नगरपालिका-१२, जुगेडा गाउँकी ३२ वर्षीया महारानी चौधरीको ट्याक्टरको ठक्करबाट आज दिउँसो मृत्यु भएको छ। धनगढीबाट आफ्नो गाउँ जुगेडा जाँदै गरेकी ती महिलालाई बाटामा हिँडिरहेको अवस्थामा से१त १२५४ नम्बरको सो ट्याक्टरले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक दासीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी कैलालीको सीमा नजिकको कञ्चनपुरको गुलरियामा से१त ४८४४ नम्बरको ट्याक्टरको ठक्करबाट आज स्थानीय एक वृद्ध महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर गाविस–५ की ६५ वर्षीया बेलमनी मल्ल रहेको प्रहरीले जनाएको छ। अचानक बाटो काट्न लाग्दा ती वृद्धालाई ट्याक्टरले ठक्कर दिएको थियो। प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ। रासस

Leave a Reply

Your email address will not be published.