बिज्जुको बिजी हुने चाहाना

थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिज्जु खवास यही क्षेत्रमा बिजी हुने चाहाना छ। पहिलो फिल्मबाट पाएको प्रतिक्रियाले हौसिएकी उनलाई यही क्षेत्रमा जम्न सकिन्छ भन्ने आशा पनि पलाएको छ। उसो त सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चा देहल’नामक भोजपुरी एल्बमको ‘हंगामा हंगामा’ शीर्षक जवानी जोश देखाएर पनि राम्रै चर्चा बटुलेकी थिइन् उनले। सानैदेखि नाँच्न भनेपछि ‘रेडी’ भइहाल्ने उनको कलाकारितमा जम्ने अस्त्र पनि नृत्य नै हो। नेपाली फिल्ममा पनि जम्ने अठोटका साथ अघि बढेकी उनी भन्छिन्, ‘सानैदेखि मेरो रुचि यही क्षेत्रमा थियो, घरपरिवारको पनि सपोर्ट छ।’ कलाकारिता क्षेत्रमा लागेका युवतीप्रति समाजले गर्ने व्यवहारले भने मन कुँडिएको बताउछिन् उनी।

Leave a Reply

Your email address will not be published.