राजकीय सम्मानबिनै पूर्वमन्त्री चौधरीको अन्त्यष्टि (फोटो फिचर र भिडियो)

मदन चौधरी- नेपाली कांग्रेसका पूर्वमहानमन्त्री तथा विघटित राज्य परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। पशुपतिमै गरिएको श्रदाञ्जली सभामा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, पूर्व सभासद् रुक्मिणी चौधरी लगायत नेताहरुको उपस्थिति थियो।कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले चौधरीलाई राजकीय सम्मानबिनै अन्त्यष्टि गरिएकोप्रति दुःख ब्यक्त गरे। ‘पूर्व मन्त्री र राज्य परिषद् स्थायी समितिका अध्यक्षजस्तो मान्छेको बिना सम्मान अन्त्यष्टि गरेकोमा दुःख लागेको छ,’ उनले भने, ‘राज्यले उनलाई यसरी बेवास्ता नगर्नुपर्ने थियो।’

परशुनारायण चौधरीका दुई छोरा छन्। एकमात्र छोरीको बस दुर्घटनामा मृत्यु भएको थियो। दुई छोरै विदेशमा रहेकाले उनको दागबत्ति भाइका छोरा जगदीश चौधरीले दिएका थिए।

मुटु र दमका रोगी चौधरीको आज बिहान पाटन अस्पतालमा मृत्यु भएको थियो। को थिए परशुनारायण चौधरी पढ्नुस्

नेपाली कांग्रेसका उपसभापति सुशील कोइराला फूलमाला चढाएर श्रदाञ्जली दिँदै।
थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित श्रदाञ्जली दिँदै।
श्रदाञ्जली सभामा सहभागी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा र कांग्रेसका सभापति सुशील कोइराला लगायत।
अन्तिम घडीसम्म साथ दिने भक्तपुरकी मुना खत्री। उनले परशुनारायण चौधरीलाई अन्तिम समयसम्म साथ दिएकी थिइन्।
दागबत्ति दिँदै उनका भाइ जगदीश चौधरी।


अन्त्यष्टिको भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.