जङ्गली हात्तीको कुल्चाइबाट दुईको मृत्यु

कलैया- बारा जिल्ला सपही गाउँ विकास समितिमा जङ्गली हात्तीको कुल्चाइबाट दुई जनाको मृत्यु भएको छ। बारा जिल्ला सपही गाउँमा बिहीबार राति करिब ९ :३० बजे जङ्गली हात्तीको बथानले स्थानीय जनताको घर भत्काउन लाग्दा ज्यान जोगाउन घरबाट निस्केका सपही–८ बस्ने वर्ष २७ को सुदर्शन चौधरी र गाविस– ७ बस्ने ७० वर्षीय सुरज चौधरीको मृत्यु भएको प्रहरीबाट थाहा भएको छ।

यसैगरी गत साता सोही गाविसको वडा १ र ४ बस्ने ४५ वर्षीय शारदा शर्मा र ४० वर्षीया देविका आचार्यलाई पनि घरबाट भाग्न लाग्दा हात्तीले कुल्चेर मारेको थियो। रासस

Leave a Reply

Your email address will not be published.